संरक्षण ः कविता र पर्यावरणको – दोस्रो लेख

नेत्र एटम
आज हामीले विश्वव्यापी रुपमै पर्यावरण्ँीय सङ्कट र मानवीय संवेदनाको मूल्यह्रास एकैसाथ भोग्नुपरेको छ । एकातिर जीवचक्रमा अवरोध आई पृथ्वीको कलेवर ध्वस्त हु“दै गइरहेको छ भने अर्कातिर कवितालाई जटिल र प्राज्ञिक बनाएर कुलीनवर्गको पेवामा परिण्ँत गरि“दै छ । नेपाली जनजीवन, प्रकृति र वौद्धिक संस्कारको विडम्बना पनि यही हो । वर्तमानको यस्तै प्रवृत्तिबाट दिक्क तर संरÔण्ँप्रति सचेत साहित्यकारहरुको एउटा समूहले २०५३ साल असोज १० गते पोखराबाट ‘संरÔण्ँ कविता आन्दोलन’ आरम्भ गरेको हो । यसको नेतृत्व चर्चित साहित्यकार सरुभक्तले गरेका हुन् भने आन्दोलनमा सक्रिय रुपले सहभागी हुनेहरुमा हरिदेवी कोइराला, विनोद गौचन, जे अस्मिता, सुकुम शर्मा, भूपिन व्याकुल आदि स्रष्टाहरु रहेको पाइन्छ । त्यस्तै, यस आन्दोलनका अन्य सहयोगीहरु धनप्रसाद तामाङ, पुष्प आचार्य, नवराज अधिकारी, सरस्वती सरु, दीपक समीप, सरस्वती प्रतीÔा, सरिता तिवारी आदि पनि भएको देखिन्छ । यस आन्दोलनका उद्देश्य र उपादेयताका बारेमा सरुभक्तकै भनाइ यस्तो छ ः
वास्तविक साहित्यिक आन्दोलन वैचारिक सृजना मात्र होइन, क्रियात्मक गतिशीलता पनि माग गर्छ । स्रष्टाहरु मात्र आन्दोलित भएर आन्दोलन हु“दैन, जनताहरु पनि आन्दोलित र प्रेरित हुनुपर्छ आन्दोलनमा । यसै उद्देश्यमूलक अवधारण्ँले संरÔण्ँ कविता आन्दोलनको जन्म भएको हो ।
यो संरÔण्ँ आन्दोलन पाश्चात्य साहित्यमा इसाको १९९० को दशकमा चलेको ‘पर्यावरण्ँीय समालोचना’ (भअयअचष्तष्अष्कm) बाट प्रभावित छ । पर्यावरण्ँीय समालोचना भनेको साहित्य र भौतिक वातावरण्ँका बीच रहने सम्बन्धको अध्ययन, विश्लेÈण्ँ र मूल्याङ्कन हो । यस समालोचनाले साहित्यको पृथ्वीकेन्द्रीत सन्दर्भलाई अध्ययनको विÈय बनाउ“छ । चेरिल ग्लोटफेल्टीले सन् १९९६ मा दी इकोक्रिटिसिज्म रिडर नामक कृति सम्पादन गरेर पर्यावरण्ँीय समालोचनको ढोका खोलेका हुन् । यसलाई हरित सांस्कृतिक अध्ययन, पर्यावरण्ँीय काव्यशास्त्र, पर्यावरण्ँीय साहित्यिक समालोचना आदि नामले पनि चिनिन्छ । पर्यावरण्ँीय समालोचकहरुले केही यस्ता प्रश्नहरुको जवाफ खोज्ने प्रयास गर्दछन् ः
–कृतिमा वणर््ँित दृश्यले समग्र सारवस्तुमा कस्तो भूमिका खेलेको छ ?
–कृतिमा रहेका गौण्ँ मूल्यहरु के पर्यावरण्ँीय रुपमा महŒवपूणर््ँ छन् ?
–प्रकृति भनेको के हो र यसलाई कृतिमा कसरी लेख्ने ?
–के कृतिमा वणर््ँित कुनै स्थानले खास वर्ग, लिङ्ग र जातिको पृथक स्वरुप देखाउ“छ ?
–बाहिरी दुनिया“बाट बेखबर समाजलाई हामी कसरी हेछौ“ अनि यसबारे ऐतिहासिक दृष्टिकोण्ँमा केकस्ता भिन्नता पाइन्छन् ?
–वर्तमान पर्यावरण्ँीय सन्दर्भहरु कृतिमा कसरी प्रतिनिधित्व गराइएका छन् र आधुनिकतालाई कस्तो स्थान दिइएको छ ?
–कृतिको विश्लेÈण्ँका लागि वातावरण्ँीय चक्रका सिद्धान्तलाई कतिसम्म उपयोग गर्न सकिन्छ ?
–प्रकृतिको बारेमा लेख्दा कृतिकारको लैङ्गिकता कसरी प्रकट भएको छ ?
–औद्योगिक संस्थान, सरकारी अधिकारी, विज्ञापन एजेन्सी, पर्यटकहरुले प्रकृतिलाई कस्तो फरक दृष्टिले लिएका छन् र त्यसको प्रभावका पÔबारे के प्रतिक्रिया दिन्छन् ?
–अन्य विÈयहरु जस्तै ः इतिहास, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान आदिले प्रकृतिको अध्ययन र संरÔण्ँमा कसरी योगदान गर्न सक्छन् ?
संरÔण्ँ कविता आन्दोलनमा पनि पर्यावरण्ँीय समामालोचनाका कतिपय प्रश्नहरुको उत्तर दिने चेष्टा भएको पाइन्छ । यसमा वैज्ञानिक सचेतताको त्यति व्यापक प्रभाव नदेखिए पनि स्थानीय रुपमा यसले स्रष्टालाई ग्रामीण्ँ Ôेत्रसम्म पुग्न, वास्तविकतमा आधारित रहेर सृजना गर्न प्रेरित गर्ने, भौतिक प्रकृति र सांस्कृतिक प्रकृतिका बीच समन्वय स्थापित गर्न तथा कथित सभ्यताबाट टाढा रहेका गाउ“घरका स्रोतापाठकको रुचि परिष्कार गर्ने राम्रो अवधारण्ाँ प्रयोग गरेको छ । यसको स्वरुप र गन्तव्यबारे सरुभक्त भन्छन् ः
हामी त्यस युगका कवि हौ“, जुन युगमा कविताले संरÔण्ँको माग गरिरहेको छ । हामी प्रकृतिको त्यस कालखण्डमा उभिएका कवि हौ“, जब सम्पूणर््ँ विश्व–प्रकृति, जनजीवन संरÔण्ँको एक सृजनात्मक अन्तर्दृष्टि माग गरिरहेछ । अतीतका स्वच्छन्दतावादी कविहरुझै“ हामी प्रकृतिका पुजारी होइनौ“, संरÔण्ँवादी हौ“ । प्रकृति मनमोहक, सौन्दर्यसहित मात्र होइन, आङ्खना सम्पूणर््ँ कुरुपता र विभीÈिकासहित हामीसामु उपस्थित छ ।
यसरी हेर्दा संरÔण्ँ आन्दोलन प्रकृतिकै संरÔण्ँबाट मानवीय वुद्धिमत्ता प्रकट हुन्छ र संसारमा जीवनको चमत्कार फैलाउन पाइन्छ भन्ने यथार्थवादी मान्यतामा अडिएको छ । २०५५ साल असोज ६ गतेका दिन मुक्तिनाथ Ôेत्रको रानीपौवामा गरिएको पहिलो गोष्ठीमा सार्वजनिक गरिएको संरÔण्ँ कविता आन्दोलनको घोÈण्ँपत्रका पा“च सूत्रहरु र तिनले व्यक्त गरेका विचारहरुको व्याख्या यसप्रकार छ ः
१. “संरÔण्ँ नै जीवन हो, जीवन नै संरÔण्ँ हो ।”
यस बु“दामा आन्दोलनको मूल विचार पाइन्छ । संरÔण्ँलाई यहा“ भौतिक प्रकृति, बोटबिरुवा, सांस्कृतिक मूल्यमान्यता, मानवीय संवेदनशीलता र तिनको सम्बन्धका रुपमा परिभाÈित गर्ने दार्शनिक चेतना देखिन्छ । प्रकृति र मानवका बीचमा निरन्तर चल्ने संघर्Èबाट नै आजसम्मको सभ्यताको इतिहास रचिएको भए पनि प्रकृतिको राÔसी विध्वंसबाट जीवन चल्न सक्दैन भन्ने जैविक मान्यता यसले अङ्गीकार गरेको छ । क्लोरोङ्खलोरो कार्बनको अधिक प्रयोगबाट ओजोनमण्डल प्वाल परेपछि संसारभरी आएको सचेतता र बचावटका लागि भएका प्रयासले यही द्वन्द्व र निकट सम्बन्ध देखाउ“छ । अहिले बहुप्रचारित पृथ्वीको तापक्रममा भइरहेको वृद्धि र हिउ“को पग्लाइबाट उत्पन्न समस्यालाई समाधान गर्न पनि संरÔण्ँको आवश्यकता परेको छ ।
२. “आजको आवश्यकता गाउ“मुखी कविताको सृजना हो । हामी शहरबजारमा बसेर गाउ“को कविता रचना गर्ने युगको अन्त्य चाहन्छौ“ । गाउ“को कविता गाउ“मै बसेर गाउ“लेहरुका लागि रचना गरिनुपर्छ ।”
यस बु“दामा आन्दोलनको प्रक्रिया र पद्धतिका बारेमा मार्गदर्शन गरिएको छ । यसमा गाउ“ र कविताको सम्बन्ध जोड्ने आग्रह छ । अहिलेका सन्दर्भमा साहित्य सहरिया बुद्धिजीवीहरुको आस्वादन र चर्चामा मात्र सीमित भएको छ तर यसले सामान्य जनमानसलाई उपेÔा गरेको देखिन्छ । पुस्तकको प्राप्तता एवम् आर्थिक दृष्टिकोण्ँले पनि गाउ“ साहित्यिक माहौलबाट सधै“ टाढा परेको छ । सुविधासम्पन्न सहरमा बसेर गाउ“को रोमान्टिक सम्झना गर्ने तर त्यहा“को छातीमा खोपिएको दुःख नदेख्ने प्रवृत्ति बढेका सन्दर्भमा यो बु“दा सान्दर्भिक छ । त्यसो हु“दाहु“दै पनि गाउ“मा गएर लेख्नासाथ सौन्दर्यपूणर््ँ साहित्य लेखिन्छ र त्यसले गाउ“लेलाई फाइदा नै पुग्छ भन्नेचाहि“ सही होइन बरु त्यसले गाउ“लेहरुमा साहित्य र साहित्यकारप्रति उत्प्रेरणँ र सम्मानको भावना जगाउने काम गर्छ ।
३.‘कविताले ग्रामीण्ँ प्रकृति, संस्कृति र ग्रामीण्ँ जनताको सुखदुःखमा सोझै संवाद स्थापना गर्नुपर्छ ।’
यस बु“दामा आन्दोलनले समेट्ने विÈयवस्तुको दिग्दर्शन गराइएको छ । प्रकृति, संस्कृति र मानवका बीचको सु–सम्बन्ध गाउ“मै देख्न पाइन्छ । जिउनका लागि प्राकृतिक स्रोतमा निर्भरता, परम्परगत संस्कृतिका सबल पÔलाई मानवीय उदारताका लागि समर्पण्ँ एवम् सरल मानवीय स्वभावको उच्छलन गाउ“मा नगई अनुभव गर्न सकिन्न । वास्तविक अनुभूतिबिना लेखिएका रचना खोक्रा आदर्श मात्र बन्ने वा कल्पनाका उडानमा सीमित हुने डर हुन्छ । यो गाउ“फर्काइ हेपिएको, अछुतो ठानिएको, योजनाबाट अनभिज्ञ राखिएको र परिधीय जीवन बा“च्न बाध्य परिएको गाउ“को महत्त्व बुझेर तथा त्यसको शक्ति पहिचान गरेर समग्रताको राष्ट्रिय संस्कृतिनिर्माण्ँतर्फको चासो हो, स्वच्छन्दतावादी खालको तपस्या गर्न गुफा वा वटवृÔ खाज्ने खालको हि“डाइ भने होइन । यो यथार्थवादी र भविष्यप्रति सचेत वैचारिकता हो ।
४.“कविताले ग्रामीण्ँ जनजीवनमा जागरण्ँको शङ्खघोÈ गर्नुपर्छ ।’
यस बु“दामा आन्दोलनको उद्देश्य वा लक्ष्यका बारेमा स्पष्ट गरिएको छ । कविताको प्रयोजन पाठकसित निरपेÔ रहेर कवितासृजनामा मात्र सीमित गर्ने कलावादी मान्यतालाई यसले अस्वीकार गरेको देखिन्छ र कवितालाई जागृतिको माध्यमका रुपमा लिइएको पाइन्छ । संरÔण्ँ भन्नासाथ पनि उपयोगितावादी अवधारण्ँ नै बुझिन्छ र कविताले उपलब्ध भइरहेका सामग्रीलाई बचावटका लागि सन्देश दिनुपर्छ भन्ने कुरालाई यस आन्दोलनले महŒव दिएको छ । सहरियाहरु चेतना भएर पनि यान्त्रिक छन्, हरेक कुरालाई एन्जीओकरण्ँ, पैसाकरण्ँ गर्छन् तर यसलाई प्रकृतिको नजिक बसेर संवेदनशील बनेका गाउ“लेहरुचाहि“ वास्तविक संरÔण्ँकर्ता बन्न सक्छन् । जनताको आवश्यकता, अनुभव र सचेततालाई अघि बढाउने काममा कविताको विशिष्ट भूमिका हुनुपर्छ भन्ने सन्दर्भलाई यसले जोडदार ढङ्गले उद्घाटन गरेको छ ।
५.‘नेपाली साहित्यमा सहरिया आन्दोलनहरु धेरै भए, अब हुने आन्दोलन गाउ“घरबाट थालिनुपर्छ ।’
यस बु“दाले Ôेत्रगत अवधारण्ँलाई प्राथमिकता दिएको छ । सहर र गाउ“, राजधानी र मोफसल आदि विभाजनले मूल रुपमा प्राज्ञिक वा पढेर जान्ने र व्यावहारिक वा परेर जान्नेका बीचको भिन्नता कोरेको प्रस्ट देखिन्छ । नेपालीमा चलेका हलन्त बहिस्कारदेखि झर्राेवादी, आयामेली, राल्फाली, अस्वीकृत जमात, अमलेख, बुटपालिस, तरलतावादी आदि सबै आन्दोलन सहरबाट थालिएका हुन् र तिनको प्रभाव पनि सहरिया वुद्धिजीवीवर्गमा परेको देखिन्छ । त्यस्ता कुराले सामान्य साहित्यप्रेमीहरुसित सरोकार राख्नेभन्दा पनि प्राज्ञिक अनुसन्धान तथा समालोचनामा मात्र स्थान राखेको पाइन्छ । त्यसैले अबका आन्दोलनहरु गाउ“घरबाट थालिनुपर्छ भन्नुको अर्थ प्रचलनमा आउने हलचलले सामान्य जनताको व्यवहार र विचारमा परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने हो ।
घोÈणँपत्रका यी बु“दाहरुले प्राकृतिक वातावरण्ँ, मानव, सांस्कृतिक परिप्रेक्ष्य, ग्रामीण्ँ परिवेश र कविताका बीच अन्योन्याश्रित सम्बन्धलाई परिभाÈित गर्छन् । यसबाट बिग्र“दो पर्यावरण्ँ र त्यसप्रति चेतनशील स्रष्टाको क्रियाकलापका बीच अन्तर्सम्बन्ध प्रकट हुन्छ । सांस्कृतिक सम्पदा, भाÈा र साहित्यको सम्बन्धबाट के स्पष्ट हुन्छ भने प्रत्येक वस्तु अरु सबै वस्तुसित सम्बन्धित हुन्छ । त्यसैले यस संरÔण्ँ कविता आन्दोलनललाई विश्वमा शक्ति, पदार्थ र विचारमा हुने जटिल अन्तक्र्रियाको स्वरुपका सन्दर्भमा हेर्दा विÈयवस्तु, प्रयोजन, भाÈा, Ôेत्र आदि दृष्टिले परिधीय पÔलाई साहित्यको मूल धारमा ल्याई कवितालाई पुनस्र्थापित गर्ने जा“गर देखाउ“छ । त्यसो हु“दाहु“दै पनि यो आन्दोलन धेरै समय सक्रिय रहन नसक्नु, केही सीमित Ôेत्रको घुमफिर र अनुभूतिको लेखनमा झराटराइ मात्र देखिनु तथा घोÈण्ँअनुसारको दार्शनिक अवधारण्ँलाई सृजनामा प्रयोग गर्न नसक्नु यसका कमजोरी हुन् ।
नेपालीमा चलेका सबै खालका भ्रमपूणर््ँ र व्यक्तिगत महŒवकांÔाका साहित्यिक आन्दोलनहरुभन्दा फरक, आमचासोको विÈय र भौतिक तथा जैविक प्रकतिसित कवितालाई जोड्न खोज्ने संरÔण्ँ कविता आन्दोलनको चिन्तन हाम्रामाझ महŒवपूणर््ँ रहेको छ । यसले समकालीन विश्वमा स्थापित हु“दै गरेको पर्यावरण्ँीय समालोचनालाई नेपालीमा स्थापित गर्न खोजेको पाइन्छ । विश्वव्यापीकरण्ँ र स्थानीयताको सेतु बन्न सक्ने खालको अनि प्रकृति र संस्कृतिलाई बचाउन प्रयासरत यस्तो आन्दोलन हाम्रो परिप्रेक्ष्यमा आवश्यक पनि छ । त्यसो हु“दाहु“दै पनि Ôेत्रीय स्तरका पाठकस्रोतमा पारेको प्रभाव र केही साहित्यिक सृजनात्मक उपलब्धिका दृष्टिकोण्ँले यो चर्चित भए पनि यसलाई समग्र नेपाली साहित्यमा खासै प्रभावकारी तथा व्यापक आन्दोलनका रुपमा मूल्याङ्कन गर्न सकि“दैन ।

0 प्रतिकृया:

Post a Comment