दुधे र दमकमा प्याब्सनको खेलकुद

प्याब्सन स्पोर्टस् मिट्स २०६८
दुधे, माघ २५/ प्याब्सन झापाले क्षेत्रनम्बर ६ र ७ मा क्षेत्रीयस्तरका विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । दुधेमा आयोजित क्षेत्रीयस्तरीय छनौट प्रतियोगिताबाट फुटबल छात्र तर्फ तोपगाछीस्थित लालिमा आवाशीय मा।वि। प्रथम भएको छ ।
मेची सतासी बोर्डिङ्ग स्कूल माइधारलाई हराउँदै लालिमा बिजयी भएको हो । त्यसैगरी भलिबल छात्र तर्फ नवकिरण बोर्डिङ्ग स्कूल शिवगाज प्रथम र लालिमा आवाशीय मा।वि। तोपगाछी दोस्रो भएका छन् । त्यस्तै भलिबल छात्रा तर्फ लालिमा प्रथम र फोनिक्स बोर्डिङ्ग स्कूल तोपगाछी दोस्रो भएका छन् ।
त्यसैगरी सो अवसरमा विभिन्न विद्यालयका प्रतियोगीहरुबीच १ सय २ सय र ४ सय मिटरका दौड लङजम्प समेत खेलाइएको थियो । त्यस्तै टेवलटेनिस सिङ्गल छात्र तर्फ निहारिका बोर्डिङ्ग स्कूल तोपगाछी प्रथम र लालिमा आवाशीय बोर्डिङ्ग दोस्रो भएका छन् । त्यस्तै सिङ्गल छात्रा तर्फ लालिमा आवाशीय प्रथम र पाथीभरा बोर्डिङ्ग स्कूल क्याम्पा दोस्रो टेवलटेनिस डबल छात्र तर्फ लालिमा प्रथम प्रतिभा बोर्डिङ्ग स्कूल ब्याङडाँडा दोस्रो छात्रा डबल तर्फ लालिमा प्रथम र फोनिक्स बोर्डिङ्ग स्कूल दोस्रो भएका छन् । चार दिनसम्म चलेको ६ नम्बर क्षेत्रीयस्तरको प्याब्सन स्पोर्टस् मिट्स २०६८ नाम दिइएको सो प्रतियोगितामा १५ वटा माध्यमिक तहका सहित कूल २४ वटा प्याब्सनमा आवद्ध विद्यालयहरु सहभागी थिए ।
मंगलबार आयोजित समापन कार्यक्रम प्याब्सनका क्षेत्रीय संयोजक सुमन काफ्लेको सभापतित्व र जिल्ला सचिव मिलन ढुंगानाको प्रमुख आतिथ्यमा भएको थियो ।
त्यसैगरी दमकमा समेत प्याब्सन झापा क्षेत्रनम्बर ७ को क्षेत्रीयस्तरको खेलकुद कार्यक्रम मंगलबार नै सम्पन्न भएको छ । सो अवसरमा साचालन गरिएको १ सय मिटर दौडमा छात्रा तर्फ पार्वती लिम्बु स्टर्नस्टार छात्र तर्फ सरोज धिमाल ग्लोबल एजुकेशन एकाडेमी दमक प्रथम भएका छन् । २०० मिटर दौडमा छात्रा तर्फ मेलिना सापकोटा चुलाचुली बोर्डिङ्ग छात्र तर्फ बबिन मुर्मु मेची बोर्डिङ्ग ४ सय मिटर दौडमा छात्रा तर्फ समिक्षा भट्टराई सूर्योदय बोर्डिङ्ग र छात्र तर्फ अनुप राई चुलाचुली बोर्डिङ्ग लङजम्पमा छात्रा तर्फ मेलिना सापकोटा चुलाचुली बोर्डिङ्ग र छात्र तर्फ अडिट बुढाथोकी सूर्योदय बोर्डिङ्ग भलिबल छात्रा तर्फ मेची बोर्डिङ्ग र छात्र तर्फ अक्सफोर्ड बोर्डिङ्ग प्रथम भएका छन् ।
त्यस्तै टेवलटेनिस डबल तर्फ मेची र ग्लोबल टेवलटेनिस सिङ्गल तर्फ समेत मेची र ग्लोबल उत्कृष्ट भएका छन् । त्यसैगरी अन्य प्रतिस्पर्धा तर्फ मा।वि।स्तरको दौडमा चुलाचुली बोर्डिङ्ग प्रथम निमाविस्तरको छात्र तर्फ १०० मिटर दौडमा चुलाचुली प्रथम र छात्रा तर्फ दमक आदर्श बोर्डिङ्ग स्कूल प्रथम भएका छन् । प्राथमिक तहको मिक्स दौडमा मेची बोर्डिङ्ग प्रथम म्याथ रेसमा चुलाचुली बोर्डिङ्ग र सूर्योदय बोर्डिङ्ग प्रथम पूर्व प्राथमिक तर्फ टफी चक्लेट दौडमा नेपाल आदर्श र अक्सफोर्ड बोर्डिङ्ग प्रथम काउन्टिङ स्टिक दौडमा मेची र एलाइभ बोर्डिङ्ग प्रथम भलिबल तर्फ मेची आवासीय र चुलाचुली बोर्डिङ्ग उत्कृष्ट भएका छन् । प्रतियोगिताका उत्कृष्टहरुलाई प्याब्सनका क्षेत्रीय संयोजक चन्द्रप्रकाश राईको सभापतित्वमा आयोजित कार्यक्रमका बीच प्याब्सनका केन्द्रीय सदस्य एलडी राई जिल्ला उपाध्यक्ष श्रवण पोखरेल कोषाध्यक्ष कोषराज प्याकुरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्षेत्रीयस्तरको प्रतियोगितामा उत्कृष्ट भई छनौट भएका खेलाडीहरुले यहि माघ २७ गते दुधेमा हुने जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन झापाका कोषाध्यक्ष तथा लालिमा आवाशीय मा।वि। तोपगाछीका संस्थापक पि्र_िन्सपल गौरीमान फागोले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment