गाडीमा हरिण पस्दा दुर्घटना

मोरङ, माघ २५/ खेलाडी चढेको गाडीमा एक्कासी हरिण पसेपछि तीन खेलाडी घाइते भएका छन् । इलाममा हुने पूर्वााचल क्षेत्रीय फुटबल प्रतियोगितामा भाग लिन गएको खोटाङको फुटबल टिम चढेको गाडीमा मंगलबार मोरङको पथरीस्थित चारकोसे जंगलमा हरिण पस्दा तीन खेलाडी घाइते भएका हुन् ।
प्रहरीका अनुसार ल्यान्डरोभर गाडीको अगाडि भागबाट अचानक सिसा फुटाएर हरिण भित्र पसेको थियो । घाइते हुनेमा युवराज राई सोभित राई र पाण्डव राई छन् । सोभित र पाण्डवको सिसाले टाउको र निधार काटेको छ भने युवराजको आँखामा सिसाको टुक्रो पसेको छ । उनीहरुको बिराटनगरस्थित गोल्छा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

0 प्रतिकृया:

Post a Comment