राजश्व नतिर्नेको कारोबार तथा सम्पत्ति रोक्का - मुख्य समाचार

गोपाल झापाली
भद्रपुर, माघ २५/ राजश्व नतिरेका ८ जना व्यवसायीको कारोबार रोक्का गरेर आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले ४० लाख रुपैयाँ राजश्व असुली गरेको छ । लामो समयदेखि व्यवसाय साचालन गर्ने तर कर नतिर्ने व्यवसायीको सम्पत्ति रोक्का गरेपछि ति व्यवसायीहरुले सो राजश्व बुझाएका हुन् ।
हाल कर बुझाउन बाँकी रहेका ८ जनाको सम्पत्ति समेत रोक्का गरिएको कार्यालय प्रमुख डा। नारायण ढकालले बताए । कारोबार रोक्कापछि कतिपय व्यसायीले कर बुझाए व्यवसाय साचालन गरेको तर केहिले व्यवसाय साचालन नगर्ने व्यवसाय नैं लिलामी गर्न कार्यालयलाई आग्रह गर्ने गरेको उनले जानकारी दिए । मूल्य अभिबृद्धि कर भ्याट मा दर्ता हुन आवश्यक रहेका कतिपय व्यवसायी दर्ता नैं नुहुने र दर्ता भएका केहिले कर नबुझाउने गरेको उनले बताए । भ्याट ऐनमा लामो समयसम्म कर नबुझाउनेको जग्गा तथा सम्पति रोक्का गर्न सकिने व्यवस्था भएकाले सोहि अनुसार कार्वाही गरेर राजश्व असुली गरिने गरेको कार्यालयले जनाएको छ ।

यस्तै मेची अाचलमा रहेका आधा भन्दा बढी होटल अझै भ्याटको दायरामा जान सकेका छैनन् । आन्तरिक राज्ाश्व कार्यालय मेचीले भ्याटमा दर्ता हुन व्यवसायीहरुले अटेर गरेको जनाएको छ भने व्यवसायीहरुल्ो भ्याट प्रकृया नैं बिभेद्कारी भएको जनाएका छन् ।
दमक उवासंघको सभाकक्षमा आयोजित गोष्ठीमा सहभागी होटल व्यवसायीहरु । फोटोः पिपुल्स टाइम्स

होटल व्यवसायी संघ झापाका अनुसार झापामा करिब एक हजार व्यवसायी संघमा आवद्ध छन् । ति व्यवसायीहरुले कुनै न कुनै रुपमा सरकारलाई वर्षेनी कर बुझाउने गरेका छन् । तर संघमा र सरकारी निकायमा दर्ता नहुने होटल व्यवसायीका कारण दर्ता भर राजश्व्ा बुझाउने व्यवसायीहरु मारमा परेको संघका अध्यक्ष शिव पोखरेल बताउँछन् । संघमा आवद्ध भएका धेरै जसो व्यवसायीहरुले स्थाईलेखा नम्बर लिएर व्यवसाय गर्ने गरेको र राजश्व समेत बुझाउने गरेको उनले बताए । स्थाईलेखा नम्बर समेत नलिएका व्यवसायीलाई दर्ता प्रकृयामा ल्याउन राजश्व कार्यालयले ध्यान नदिएको र लेखा नम्बर लिएकालाई चाँहि अन्त शुल्क भ्याट लगायतका नाममा बारम्बार समस्या दिने गरेको उनको भनाई छ ।
यस्तै होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकका अध्यक्ष गंगा सिटौला स्थाईलेखा नम्बर लिएर साचालन भएका व्यवसायीलाई अनावश्यक हैरानी दिनु भन्दा सबै व्यवसायीलाई प्रारम्भिक कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउँछन् ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरले भने भ्याटमा दर्ता हुनैपर्ने धेरै जसो होटलहरु स्थाईलेखा नम्बरका भरमा चलिरहेको जनाएको छ । मेची अाचल भरिबाट करिब अढाई सय होटलले मात्र स्थाईलेखा नम्बर लिएको जनाएको छ । नगरपालिका भित्र साचालन भइ मदिरा बेच्ने र वार्षिक १० लाख रुपैयाँ बढीको कारोबार गर्ने होटलहरु भ्याटमा दर्ता हुन आवश्यक रहेको कार्यालय प्रमुख
ढकालले जानकारी दिए । धेरै जसो होटल व्यवसायीहरुले कर प्रणालीबारे अनविज्ञता देखाएको र लेखा प्रणाली झण्झटिलो हुने गरेकाले भ्याटमा दर्ता्र हुन आनाकानी गर्ने गरेको उनले बताए ।
भ्याट र अन्तशुल्कमा दर्ता हुनुपर्ने तर अटेर गरेका व्यवसायीहरुलाई भोलिबाट भने कडा कार्वाही थालिने राजश्व कार्यालयले जनाएको छ । राष्ट्रिय कार्यक्रम अन्तर्गत पहिलो चरणमा अनुगमन गरिने र राजश्वका सबै दायरा पूरा गर्न निर्देशन दिईने कार्यालय प्रमुख ढकालले बताए । सो पछि समेत अटेर गरे १० हजार रुपैंयासम्म जरिवाना हुने जनाईएको छ । फोटेा पनि छ ः दमक उवासंघको सभाकक्षमा आयोजित गोष्ठीमा सहभागी होटल व्यवसायीहरु ।

0 प्रतिकृया:

Post a Comment