चित्रकलामा भविष्य खोज्दै शुक्र

"बालबच्चा हुँदा पढ्न भन्दा चित्र कोर्न मन गर्थेु"- बाल्यकालको क्षण कोट्याउँदै शुक्रबहादुर धिमाल भन्छन्-ूलहैलहैमा चित्रमा सृजना कोर्न थाले ।ू डेढ दशक देखि सधैँ रङ र ब्रसमा जिन्दगी खोज्ने उनको सृजना यतिखेर व्यवसायिक बन्दै गएको छ ।
झापाको दमक-४ डाकीनी घर भएका धिमाल चित्रकलामा भविष्य खोज्न राजधानीको भिडभाडमा संघर्षरत छन् । बालबच्चा देखिको प्रभावले उनी राम्रा कलाकार बन्ने होडमा काठमाण्डौ छिरेका थिए । लामो सङ्घर्षले अहिले उनमा सफलताको हात प्राप्त हुन थालेको छ । उनको शब्दमा चित्र किन्ने उपभोक्ता मोफसलमा समेत पाउन थालिएको छ । उनले तयार गरेका चित्र राजधानी मात्र होइन देश विदेश तिर समेत निर्यात हुन थालेको छ । ूविदेशीहरुले कलात्मक सृजनाको महत्वलाई प्रोत्साहन दिन्छन् ।ू चित्रकार शुक्रको अनुभव छ ।
एकताका फिल्मको ब्यानरको आर्टस गर्ने उनी समयसँगै चित्रकलामा आकर्षित भएका हुन् । फिल्मको ब्यानर आर्टस् गर्ने चलनमा कम्प्युटरबाट नयाँ प्रविधि भित्रीएपछि चित्र कोर्न निखारिएका उनको दाबी छ । चित्रकलामा काठमाण्डौका चन्द्र ताम्राकारलाई गुरु थाप्छन् उनी । भन्छन्-ूमेरो आकांक्षालाई मलजल गराउन उहाँ नै प्रेरणाको स्रोत हुन् ।ू

नेपाली कागज हेण्डमेन र कोटेडबाट चित्र कोर्दै आएका उनको चित्रको बजार भाउ १३ सय देखि १६ हजार बढी प्रतिगोटा मोल पाएको बताउँछन् । मौलिकता झल्कने तस्वीरलाई चित्रमा उतार्ने यो काम सामान्यतया काम हेरि १ दिनदेखि सात दिन बढी लाग्ने गरेको उनको भनाई छ । ूमेहनती सीपको जरुरत पर्छ ।ू-चित्रकला पेशाको एक प्रसङ्गमा उनले भने-ूअन्य पेशा जस्तो सजिलै सिक्न कठिन हुन्छ ।ू उनले कोठामा तयार
गरेको चित्र व्यापारीहरु कोठामै आएर लैजाने गरेका बताए ।
चित्रमा भविष्य खोज्दै संघर्षशील उनको यात्रामा साथ पाएका छन् जीवनसङ्गीनीको । ूबुढाको काम हेर्दाहेर्दै चित्र कोर्न थालीू श्रीमती सुशीलाले समेत आफ्नो व्यवसायमा ठूलो सहयोग पुर् याएको उनले रहस्य खुलाए । ूमेरो सृजनामा उनको उत्तिकै लगानी छ ।ू आफ्नो पेशामा सन्तुष्टि भएको बताउँदै उनले थपे-ूकाममा सन्तुष्टि छु यसलाई नै जीवन गुजाराको माध्यम बनाएको छु ।ूग्रुपमा आफ्नो चित्रलाई प्रदर्शनीमा सहभागित जनाएपनि यतिखेर उनले झापाको दमकमा जारी ूआदिवासी जनजाति सांस्कृतिक महोत्सव-२०६८ूमा एउटा स्टल नै रोजेका छन् । स्टलमा भेटिएका हसिला मेहनती शुक्रको स्टल निकै आकर्षणको रुपमा महोत्सव अवलोकनकर्ताहरुको रोजाइको पात्र बनेको छ । ूआफ्ना गृह नगरीमा रङ र ब्रसको कलालाई बुझेका रहेछनू मुसुक्क हाँस्दै चित्रकार शुक्र भन्छन्-ूमहोत्सवमा फाट्टफुट्ट चित्रको व्यापार भइरहेको छ ।ू
चित्रकलामा राजधानी बाहिर खासै उपस्थिति हुन सकेका छैन । राजधानीमा सीमित चित्रकला शहरमुखी मात्र भएको बुझाई शुक्रको पनि छ । उनी थप्छन्-ूचित्रकलामा प्रोत्साहनको अति आवश्यक छ ।ू
झापा मोरङमा मात्र बसोबास रहेका धिमाल समुदाय मध्येको यी युवाको दैनिकीमा प्रोत्साहन र प्रेरणामा सहयोग पुर् याउन सके उनको सृजनाको उचाई बढ्दै जाने ती समुदायका अगुवाहरु बताउँछन् । धिमाल युवा माचका केन्द्रीय अध्यक्ष तथा पत्रकार अजित भन्छन्-ूयस्ता कलाकारहरु अमूल्य गहना हुन् सबै क्षेत्रको सहयोगको खाँचो छ ।ू
प्रस्तुति ः विष्णु सुब्बा

0 प्रतिकृया:

Post a Comment