मुटु माग्दा तालीको पार्रा

दमक, माघ २५/ पहिलो "नेपाली ता" दीपक लिम्बूले मंगलबार दिन ढल्कदै जाँदा दमकमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सवमा "मुटु माग्यौ तिमीलेु" बोलको गीत शुरु गर्दा दर्शकले तालीको पर्रा दिए ।
महोत्सवको ११ औं दिन लिम्बूले "आँखा-आँ" "नाई नभन्नु लु" लगायत आधा दर्जन बढी गीत गाएका थिए । उनले गीत गाउँदा दर्शले नाचेर पनि उत्तिकै साथ दिएका थिए ।
आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को मुख्य आयोजनामा जारी महोत्सवमा मंगलबार सम्ममा २ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार भएको आयोजकको अनुमान छ । मंगलबार महोत्सवमा लिम्बू जातिको परम्परागत संस्कृति प्रदर्शन गरिनुका साथै सास्कृतिक परिकार समेत खुवाइएको थियो ।
महोत्सवमा आज नायिका रेखा थापाको तथा सन्थाल र माझी समुदायको परम्परागत संस्कृति प्रदर्शनी गरिने जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment