एम्बुलेन्सका लागि पुराण

केर्खा, माघ २५/ झापाको तोपगाछी-७ स्थित केर्खा बजारमा एउटा पनि एम्बुलेन्स नभएको भन्दै स्थानीयले सो को जोहो गर्न बुधबारदेखि श्रीमद् भागवत् सङ्गीतमय महापूराण सप्ताह ज्ञान यज्ञको आयोजना गर्ने भएका छन् ।
स्थानीय दूर्गा मन्दिर परिसरमा आयोजना गरिने पुराणबाट उठेको रकमले एम्बुलेन्स खरिद गर्ने लगायतका लक्ष्य राखिएको पुराण मूल आयोजक समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए ।
दूर्गा मन्दिर साचालक समितिका अध्यक्ष वीरध्वज बिष्टले पुराणबाट ५० लाख सहयोग संकलन गर्ने लक्ष्य राखिएको बताए ।
दाताहरुबाट प्राप्त सहयोगले एम्बुलेन्स खरिद ३० वर्ष अघि निर्मित मन्दिरको पुनर्निर्माण र सो को नियमित साचालनका लागि अक्षयकोष स्थापना गरिने बिष्टको भनाई रहेको छ । पुराण साचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको स्थानीय दाताराम चापागाँईले बताए ।

0 प्रतिकृया:

Post a Comment