शर्मालाई सहयोग

दमक, माघ २५/ अमेरिकामा बसोबास गरिरहेका झापाको दमकका बासिन्दाहरुले झापाका राजनीतिकर्मी पुर्णानन्द शर्मा दाहाललाई उपचारको लागि ५१ हजार नेपाली रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

क्यालिफोनिर्याको लसएन्जलसमा बसोबास गरिरहेका ´ापा दमक स्थाई घर भएका नेपालीहरुले शर्मालाई सो सहयोग गरेका हुन् । लसएन्जलसवासी दमकेलीहरु कृष्ण मिश्र सूर्य प्रसाई शान्तिराम ढकाल रमेश बस्नेत युवराज सिटौला दिलबहादुर श्रेष्ठ सुकदेव शाही मणिप्रसाद सुब्बा शम्भु ढकाल भक्त नेपाल योगेन्द्र बिमली र सुदीप पन्तले सो सहयोग गरेका हुन् । शर्मा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व जिल्ला सभापति हुन् ।

0 प्रतिकृया:

Post a Comment