दूधे/ झापाको शिबगञ्जकी एक यूवतीलाई बेच्न खोजेको आरोपमा प्रहरीले चार जना यूवाहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लामो समय देखि फोन सम्पर्कमा रहेका उनीहरु यूवतीले दिएको हुलियाका आधारमा शिबगञ्ज पुगेका थिए । ति यूवाहरुले आफ्नो घर सिन्धुपाल्चोक, काठमाण्डौ र ललितपुर भएको बताएका छन् ।
यूवाहरु गांउमा पुगेको थाहा पाएपछि गांउलेहरुले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धानका लागी भन्दै नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक चिरन्जीवी दाहालका अनुसार फेसबुकबाट भेट भएका यूवक र यूवतीको प्रेम बढ्दै गएपछि बिबाहको लागी भन्दै उनीहरु शिबगञ्ज आइपुगेका थिए । आफूलाई बिबाह गर्ने भनि आएका गीरी थरका यूवकलाई प्रत्यक्ष भेट्दा यूवतीले मन नपराएपछि घटनाले अर्कै मोड लिएको प्रहरीको भनाइ छ ।
सोधपुछका क्रममा उनीहरुको नियत खराब नदेखिए नियन्त्रण मुक्त गरिने अन्थया अनुसनधान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेका यूवकहरुले आफूहरु यूवतीलाई बेच्न नभै बिबाह गर्न आएको प्रहरीलाई बताएका छन् । तर यूवतीले यस बिषयमा कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:
Post a Comment