पीडित परिवारलाई राहत

लखनपुर/सशस्त्र प्रहरीको गोली लागि एक वर्ष अघि मृत्यु भएका झापाको लखनपुरका एक व्यक्तिको परिवारले राहत पाएको छ ।
गत वर्षको वैशाख ३१ गते सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरका प्रहरीले तालिमका क्रममा चलाएको गोली लागि मृत्यु भएका लखनपुर– १ का सुरेश राईको परिवारले सरकारबाट १० लाख रुपैयाँ राहत पाएको हो । राहतका लागि स्थानीयबासी, राजनीतिक दल तथा परिवारले आदिवासी जनजाती महासंघ झापाका अध्यक्ष पारषमणि राईको संयोजकत्वमा संघर्ष समिति नैं बनाएर आन्दोलित हुँदै आएका थिए । सोमबार झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले मृतककी श्रीमती मिलन राईलाई १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । रतुवा माई वृक्षारोपण आयोजनामा मजदुरी गर्दै आएका राईलाई काम गरिरहेकै अवस्थामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ज्यान गएको थियो ।

0 प्रतिकृया:

Post a Comment