नाटकबट राजनीतिमाथि व्यङ्ग्य

विष्णु सुब्बा
 देश बिग्रिएको चित्रणलाई कलाकारहरुले अभिनयमा साटेका थिए । समाजमा उठेका हिंसा र खिचलो राजनीतिको संस्कार सुधार्न दमकेली कलाकारहरुले सर्जकको अभ्यास थालेका छन् नाटकमा ।

नाटकलाई व्यवसायिक बनाइनुपर्छ भन्ने यथार्थतालाई आइतबार दमकमा मञ्चित ‘बेरङ रङहरु’ कार्यक्रममा नाटककार प्रकाश आङ्देम्बे भन्दै थिए–‘यो अभ्यास हो, यसलाई निरन्तरता दिनुपर्छ ।’ गन्तव्य थिएटरको प्रस्तुती रहेको ति नाटक भोजपुर र भारतको दार्जिलिङ पछि दमकमा पहिलो पटक मञ्चन गरिएको थियो । दमकमा एउटा सुविधा सम्पन्न पढ्ने घरको स्थापना गर्न सहयोगार्थ सो नाटक आजसम्म सञ्चालन हुने आयोजक बिनोद तिम्सिनाले बताए ।
दुईदिनसम्म चार शो मञ्चन गरिने नाटक हेर्न ठूलो संख्यामा सर्वसाधारण, कलाकार, व्यवसायी, विद्यार्थीहरुको जमघट रहेको थियो । सो नाटका परिकल्पनाकार तथा निर्देशक आङ्देम्बे नाटकले समाज रुपान्तरणका लागि नाटकबाट आन्दोलन भएको बताए । नाटकमा मुख्य भुमिका बोकेका बेलडाँगी शरणार्थीका युवा किरण गुरुङको उत्कृष्ट प्रस्तुती रहेको थियो । ‘नाटकमा कलाकार गुरुङ भन्दै–‘आउ हिसा त्याग, शान्तिका लागि सबै मिलौँ ।’ समाजमा भड्किएको संस्कृतिको विरुद्ध तथा म मात्र ठूलो छु भन्ने राजनीतिक दलहरुको घमण्डका अहिलेको तीतो यथार्थतालाई कथाको मुख्य बिषयसँग जोडिएको छ ।
गन्तव्य थिएटरका निर्देशक समेत रहेका कलाकार
 आङ्देम्बे समाज बदल्न सबै उठ्नुपर्छ भन्ने सन्देशलाई चित्रण गरिएको देख्छन् र भन्छन्–‘नाटक यहाँ अभिनय हो तर हाम्रो कालो यथार्थ त्यहाँ झल्काइएको छ ।’ नाटकमा दमक, चुलाचुली, मोरङका पथरीका एक दर्जन बढी कलाकारहरुको अभिनय रहेको छ । नाटकमा मेशव भुजेल, चेतन आङथुपो, काशी खरेल, अनिल सुब्बा, दिलन समाल, सम्झना ओली, अनुपा लिम्बू, तुलसा आङ्देम्बे लगायतका कलाकारहरु छन् ।
नाटकमा दर्शकका रुपमा सहभागी दमकका वरिष्ठ लोक गायक एल.पी. जोशी नाटकको महत्व बढेर गएको बताउँछन् । नाटक मञ्चित पछि उनी भन्दै थिए–‘साच्चै मार्मिक नाटक हेर्ने अवसर जु¥यो ।’ संगीत र कला क्षेत्रमा दमक निकैपछि परेको अनुभुत गर्दै कलाकार जोशीले भने–‘मोफसलको कला, संगीतलाई माथि उठाउन यस्ता कार्यक्रमहरुले  ठूलो सहयोग पु¥याउने छ ।’ नाटक, चलचित्र र साहित्यमा दखल भएका उनले पछिल्लो समयमा नाटकमा आमा मानिसको प्रोत्साहन आउन थालेका बताए । ‘टिकट काटेर, लाइन बसेर पनि नाटक हेर्नुपर्छ, कलालाई सम्मान गर्नुपर्छ अभ्यास बन्न थालेको छ’ ६ दशक लामो अनुभव सुनाउँदै कलाकार जोशी थप्छन्–‘यो राम्रो सुरुवात हो, यसले मोफसलका हामी जस्ता कलाकारहरुको आत्मबल बढाएको छ ।’ उनले ‘बेरङ रङहरु’ ले समाजके पर्दा उघारेको टिप्पणी गरे ।

0 प्रतिकृया:

Post a Comment