कोरिया सेमिफाइनलमा, भारत बाहिरियो – खेल समाचार

एएफसी च्यालेन्जकप फुटबल
 काठमाडौं, फागुन २९/ डिफेन्डिङ च्याम्पियन उत्तर कोरिया एएफसी च्यालेन्ज कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो खेलमा ताजकिस्तानसँग हार व्यहोरेको भारत आइतबार भएको दोस्रो खेलमा फिलिपिन्ससँग २–० ले पराजित भएपछि एक खेल अघि नै समूह चरणबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको केही महिना अघि मात्र साफ च्याम्पियनसीपको उपाधि जितेको भारत फिलिपिन्स सामू निरीह देखिएको थियो । ११ औं मिनेटमा गोल गर्दै फिलिपिन्सलाई अग्रता दिलाएका फिलिप योङहसब्याण्डले खेलको ३ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चत गरे ।
फिजिफिन्सको जितसँग उत्तर कोरिया भने एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो खेलमा फिलिपिन्सलाई पाखा लगाएको कोरियाले आइतबार भएको आफ्नो दोस्रो खेलमा ताजकिस्तानलाई २–० गोलले पराजित गरेको थियो । सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा कोरियाका लागि पाक नाम चोल र जाङ कुक चोलले गोल गरे । खेलको चौथो मिनेटमा नै पाकको गोलबाट अग्रता लिएको कोरियाका लागि खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यसअघि शनिबार सम्पन्न समूह ‘ए’ को खेलमा माल्दिभ्ससँग पराजित भएपछि घरेलु टोली नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपालले आज तुर्कनिमिनिस्तानसँग खेल्नेछ ।

0 प्रतिकृया:

Post a Comment