दानाबारी र याङशीलाको स्थानान्तरण पूरा

दमक, फागुन २९/इलामको चुलाचुलीस्थित माओवादी जनसेनाको प्रथम डिभिजन मातहतका दुई सहायक शिविरमा रहेका लडाकुहरुको स्थानान्तरण कार्य पूरा भएको छ ।
इलामको दानाबारी सहायक शिविरमा रहेको विप्लप स्मृति ब्रिगेड अन्तर्गतका समायोजन रोजेका १ सय ६६ जनालाई चुलाचुलीस्थित मुख्यालयमा र मोरङको याङशिला सहायक शिविरबाट १ सय ७३ जना लडाकुलाई  टाँडी शिविरमा स्थानान्तरण गरिएको हो । प्रथम डिभिजन कमाण्डर यामबहादुर अधिकारी प्रतिक्षले दुवै शिविर आइतबार साँझ सम्ममा खाली गराइएको जानकारी दिए ।
सेना समायोजन विशेष समितिका सदस्य डा. शम्भु सिंखडा नेतृत्वको टोलीले गत बिहीबारदेखि सो कार्य थालेको थियो । खाली गराइएको दानाबारी शिविर स्थलमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५० जना सुरक्षाकर्मीको टोली सुरक्षाका लागि आइतबार दिउँसो नै खटेको पाथीभरा गण लखनपुरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र शाक्यले जानकारी दिए । त्यस्तै याङशीलामा नेपाली सेनाको टोलीलाई सुरक्षा जिम्मा दिइएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment