प्रसुतिमा समस्या

खोटाङ , फागुन २९/जिल्लामा दक्ष स्वास्थ्यकर्मीको अभावमा प्रसुतिमा समस्या रहेको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ । २ लाख ७४ हजार जनसंख्या रहेको जिल्लामा ५२ हजार ३६१ विवाहित महिला प्रजनन् योग्य भएपनि १४ जना दक्ष स्वास्थ्यकर्मीको भर पर्नुपर्ने भएकाले समस्या रहेको जिल्ला अस्पतालका डाक्टर ओमबिजु पन्तले बताए ।
उनका अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीहरु बिदामा बस्दा थप जटिलता आउने गर्छ । यातायातको समस्यासँगै दक्ष स्वास्थ्यकर्मी गाउँका बर्थिङ सेन्टरमा नहुँदा सुत्केरीको मृत्यु हुने गरेको उनले बताए । जिल्लामा १० वटा बर्थिङ सेन्टर, एक बीईओसी र एक सीईओसीमार्फत प्रसुति गराईदै आएको छ ।
जिल्ला अस्पतालमा सीईओसीमार्फत अप्रेसन गराउन करारको डाक्टर ल्याइएपनि उनको सम्झौता २०६९ असार मसान्तमा सकिने भएकाले त्यसपछि थप समस्या आउने अस्पतालले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment