बिर्तामोडमा सद्भाव ¥याली

दमकमा सारियो 
बिर्तामोड, ८ जेठ/शान्ति समितिको अगुवाईमा शनिबार बिर्तामोडमा सद्भाव ¥याली निकालिएको छ ।
बजारको बिभिन्न क्षेत्रको परिक्रमा पछि अदुवा खोला छेउमा सभामा परिणत भएको ¥यालीमा बिभिन्न राजनीतिक दल, सामाजिक संघ÷संस्था, अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी लगायको सहाभागिता रहेको थियो  । स्थानीय  शान्ति समितिका संयोजक झलकसिंह दर्लामीको अध्यक्षतामा भएको सभामा एकीकृत नेकपा माओवादीका ज्योतिसिंह दर्लामी, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष रविन कोईराला, नागरिक अगुवा लालराज सुवेदी, पेशागत महासंघका नारायण गौतम लगायतले बोलेका थिए । उनीहरुले जातीय तथा सामाजिक सद्भाव कायम राख्न समाजका सबै क्षेत्र सजग हुन आवश्यक रहेको बताएका थिए ।
बिर्तामोडमा आयोजित सद्भाव ¥यालीमा सहभागीहरु ।

यसैबीच दमकमा  आज (सोमबार) बिहान गर्ने भनिएको शान्ति तथा सद्भाव ¥याली दुईदिनपछि सारिएको छ । देशभर आन्दोलनरत आदिवासी जनजाति संघर्ष समितिको आह्वानमा ¥याली जेठ १० गते बिहान ७ बजे गर्ने गरी मिति सारिएको नेपाली कांग्रेस झापा क्षेत्रनम्बर ७ का सभापति शेरबहादुर भट्टराईले जानकारी दिए ।
संघीयवादीहरुको सक्रियतामा सर्वपक्षीय शान्ति तथा सद्भाव ¥याली आयोजना गर्न प्रमुख तीन दल एकिकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेका क्षेत्रीय प्रमुखहरुको अगुवाईमा सो बारे तयारी थालिएको थियो ।
सडक संघर्षमा रहेका आदिवासी जनजाति जन्य संघसंस्थाले ¥याली सार्न अनुरोध गरेपछि आइतबार सो बारे इलाका प्रहरी कार्यालय दमकमा आन्दोलनरत पक्ष र ¥याली संयोजन गरिरहेका पक्षबीच छलफल भएको थियो । छलफलमा इलाका प्रशासन कार्यालय, दमक नगरपालिका र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरु सहभागी रहेका थिए । 

0 प्रतिकृया:

Post a Comment