साश्वत चिन्तन – दोस्रो लेख

रुद्र निरौला
जीवनका कैयौँ वसन्त अञ्जानमै सकिए । कैयौँ वसन्त चेतनामै गुमे । चेनता ढिलै खुल्दो रहेछ कुन ठीक कुन बेठीक पर्गेल्न नसक्दै क्यालेण्डरका पाना पल्टिँदा रहेछन् । समाज पढ््न ज्यादै कठिन छ । मान्छे नै पिच्छेका विवेक भएपछि मान्छे माानव जंगलमा स्वाट्टै हराउँदो रहेछ । विश्व पढ्नु पुस्तक घर–घरका बासकमा विस्तारित भएपछि त झन् मान्छे कता हरायो कता । विश्व जति विकसित हुँदै गयो त्यति–त्यति मान्छे एकांकी हुँदै गयो । खोज अनुसन्धानमा लागेको मान्छे साँच्चै वस्तुवादी भयो । उसले भौतिक जगतको कुनै एक बिन्दुमा आफूलाई केन्द्रीत बनाएपछि अरु बिन्दुको वास्तै गरेन । उसले समाजको गोल घच्चा घमासान बुझ्न पटक्कै चाहने । कतिले आफ्नो पारिवारिक जिम्मेवारी समेत बिर्सियो र आफैमा केन्द्रीत बन्यो । यो पाश्चात्य तथा आधुनिक सभ्यताले मान्छेलाई अझै कस्तो बनाउने हो भन्नै कठिन छ ।
भौतिक दर्शनको चरमोत्कर्ष उन्नतिले मान्छे पार्थिव शरीर लिएर अन्तरिक्ष विचरण गर्न पुग्यो । अझै उसको अनुसन्धानको भोक मेटिएन । के खोज गर्दै छ र कुन प्राप्तिले उसलाई आनन्द दिलाउँछ ? भन्नै नसकिने । प्राच्य दर्शनका पारखीहरू धुँवाधार आध्यात्म खोजीमा लागेका छन् । शान्ति, मैत्री र अमन चयन खोज्दै कैयौँले फूल फुलाए । मगधिस, पिठाधिस तथा महापरिनिर्माणत्व प्राप्त गरेकाहरू सबैका लागि आ–आफ्नै मार्ग र दर्शन देखिए । स्वर्गानन्द कहाँ हो ? तिनलाई प्राप्त भएन । अरुलाई अर्ती दिन सहज भए पनि आफ्नै मनलाई ढाँट्दै जाँदा पश्चाताप शिवाय हात केही परेन । मन रक्तबीज भएर पोखिरह्यो । भौतिक वस्तुको उपभोक्ता भएका कारण जीवन सरल र सहजताका लागि लालयित बन्यो । इन्द्रियहरू चलमलाई रहे । मनले सैयौँ हण्डर र ठक्कर पायो । चैतन्य शक्तिको निर्णायक भूमिका नहुँदा सम्म शरीर इन्द्रियको दास बन्दै गयो । उमेरको सिँढी अग्लिँदै गए पछि शरीरमा तनाव थपियो । शरीर जीर्ण सीर्ण हुन थाले पछि मनले विश्व विचरण गर्न थाल्यो । चैतन्य शक्तिका जुइनाहरू कमजोर हुँदै गए पछि अदृष्य शक्तिमाथि विश्स्त बन्न कर लाग्यो । त्यो बेला मान्छे केवल आदर्शवादी सोचमा केन्द्रीत हुँदो हो । साथै एक्लिँदो हो ।
भौतिकवादीले एक्लिनु र अध्यात्मवादीले एक्लिनुमा के फरक ? भौतिकवादी वस्तुका तन्तुगत अवस्थिति र रुपान्तरणको विश्लेषण गर्दै त्यसैमा तल्लिन हुन पुग्छ तर अध्यात्मवादी वस्तु तथ्यात्मक कुरा भन्दा पर कल्पनामा गएर शून्यमा शान्ति रहेको निष्कर्षमा पुग्छ र परमगति प्रति विश्वस्त बन्न खोज्छ । आफै पञ्च भौतिक तत्वको प्रतिक भएका कारण शरीरका पाँचै तत्व प्रकृतिमै विलय हुने कुरामा विश्वास गर्छ । यसरी हेर्दा एकातिर पञ्चतत्वमा विलय भएपछि टुङ्गिने कुार गर्छ भने अर्कातर्पm मोक्षमार्गबाट मृत्युपश्चात पुनर्जन्मको परिकल्पना समेत गर्छ ।
कर्मकाण्डवादका आधारमा प्राप्त हुने काल्पनिक स्वर्गको यथार्थ अझै खुलेन पृथ्वीभन्दा अर्को स्वर्ग सायदै होला । जहाँ मृत सञ्जीवनीदेखि सामान्य जडिबुटी प्राप्त गर्न सहजै सकिन्छ र अनेक रुप, सुन्दरता, स्वादको अनगन्ति चीजवस्तु यही धर्तीमा पाइन्छ त्यो भन्दा अर्को उर्वर स्थलको वर्णन केवल कल्पनाको स्वर्गमा मात्र व्याख्या गरिएकै छ जसको वास्तविक उपभोग गरेर आउने कसैले अनुभव बताएकै छैनन् ।
स्व भनेको आफै र ग भनेको ज्ञान प्राप्त भएको व्यक्ति हुनलो यही पृथ्वीमा रहेको पार्थिव प्रकृतिको ज्ञान आर्जन गरेका व्यक्तिहरूका लागि यही भू–मण्डल नै स्वर्ग हो । चार्वाकको सिद्धान्तमा भस्मिभूतस्य देहस्य पुनरागमन कुत ! भनिएको छ । कृष्ण धर्म मान्नेहरू कृष्णको सर्वशक्ति स्वीकार गर्छन् । मुस्लिमहरू अल्लाह सर्वशक्तिमान् हुन भन्छन् र हिन्दु दर्शनका अनुयायी राम, विष्णु, शिव, ब्रह्मा देवी आदि अनेक रुपका शक्ति स्वीकार गर्छन् । अदैत्य र दैत्यका बीच पनि आफ्ना अभिमत छन् ।
आखिर विश्व सृष्टिको क्रम नियाल्दा सृष्टि स्थिति र प्रलय देखिन्छ । प्रकृति र पुरुषको संयोजनबाट सृष्टिका यावत् पक्षहरू सञ्चालित भएको देख्दा न येशुकृष्ट एक्लै सामथ्र्यवान हुन सक्छ न अल्लाह नै । मैथुनिक क्रियाबाट उपन्न हुने स्वर्गमा प्रकृति अनिवार्य शर्त हुन्छ । अमैथुनिक क्रियाबाट हुनेहरूको उत्पत्ति र विकासमा पुन प्रकृतिकै संरक्षकत्व आवश्यक हुन्छ । त्यसैले मैथुनिकहरू भगवान वर्गतिर खडा हुन्छन् भने अमैथुनिकहरू देवतावर्गतिर खडा हुन्छन् । हाम्रो जीवन सञ्चालनमा जुन वस्तुबाट अविच्छिन्न केही प्राप्त गरिरहन्छौँ ती देउता भनिएका हुन सक्छन्् । जसले समय सन्दर्भमा आवश्यक सहयोग एवं परोपकार गर्नमा आफूलाई सरिक गराउँछन् ती भगवानका रुपमा दरिएका हुन सक्छन् ।
जहाँसम्म एकैश्वर र बहुइश्वरीय मान्यताका कुराहरू छन् त्यहाँ प्रकृति र पुरुष समेतको सर्वमान्य शक्तिबाट मात्र सृष्टि संरचना, परिपालन तथा संहारका पक्षहरू प्रकृतिकै नीति, नियमबाट सञ्चालित हुने गर्छन् । त्यसैले जीवनका अनेकौँ भोगाई र अनुभुतिहरूबाटै जगतका कैयौँ रहस्य खोजबिन गर्दै नयाँ–नयाँ प्राप्तिका आयामहरू कायम हुँदै र लोकमा स्थापित हुँदै जान्छन् । समयचक्रकै क्रममा स्थापित हुने, रहने र प्रलय हुने कुराहरू पनि यही विश्व ब्रह्माण्डमा नै हुने गर्छन् । खोज अनुसन्धान गर्नु पत्तो लगाएर त्यसका गुण दोषका आधारमा जीवन जगतका अनेकौँ अनुभव समेट्दै भावी पिँढीलाई नासोको रुपमा आफ्ना गहकिला अनुभव हस्तान्तरण गर्नु आजका पिँढीको कर्तव्य हो । हामीले राम्रो चिन्तन, व्यवहार तथा अन्वेषकात्मक खोजका तथ्यहरू आउँदो पिँढीलाई हस्तान्तरण गर्न सके उनीहरूले पनि आफ्ना खादिएका अनुभव अर्को पिँढीलाई हस्तान्तरण गर्ने परम्परा कायम हुन्छ । जसले जीवन जगत चलिरहन्छ ।

0 प्रतिकृया:

Post a Comment