पुल निर्माणका लागि सर्भे हुने

दमक, ८ जेठ/झापाको दमक–१९ र मोरङको राजघाट गाविसलाई जोड्न पक्की पुल निर्माणका लागि सर्भे हुने भएको छ ।
सो पुल निर्माणका लागि पहल थाल्न २०६७ सालदेखि निरन्तर पहल गरिरहेको मोरङ, राजघाट र दमक–१९ जोड्ने मावा पुल निर्माण उपभोक्ता समितिले आइतबार बैठक मार्फत् सार्वजनिक गरेको निर्णय अनुसार पुल निर्माणका लागि सर्भे गराउन आदेश भइसकेको उल्लेख छ ।
समितिको निर्णय अनुसार अध्यक्ष अम्बिका खनालसहित कार्यसमितिले झापा र मोरङका सरकारी कार्यालयहरुमा पुल निर्माणका लागि समन्वय गर्ने जनाइएको छ ।
गत शुक्रबार पुल निर्माणकै सम्बन्धमा केही पत्रपत्रिकामा समितिको आधिकारिक निर्णय नभई सम्भाव्यता अध्ययनका लागि समिति गठन भएको भन्ने समाचार आएको प्रति समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment