औषधि खुवाउन लागत सङ्कलन

उर्लाबारी÷मोरङको उर्लाबारीमा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइने कार्यक्रमलाई सफल बनाउन लगत सङ्कलन कार्य सुरु गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र उर्लाबारीले लगत सङ्कलन सुरु गरेको हो ।
माघ २१ देखि २३ गतेसम्म हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सफल बनाउन प्रत्येक वडामा स्वम्सेवक परिचालन गरी लगत सङ्कलन भइरहेको जनाएको छ । उर्लाबारी क्षेत्रमा रहेका ७ हजार ७ सय १८ घरधुरीमा १ सय ५० जना स्वयम्सेवक खटाइने भएको छ ।
स्वयम्सेवकहरुलाई आवश्यक तालिम दिइ प्रत्येक गाउँ गाउँ एवं वडामा ५० घरधुरीको एक बुथ मानेर औषधि खुवाइने केन्द्रका डा। भवेश थापाले बताए ।

0 प्रतिकृया:

Post a Comment