हाम्रो दायित्व र राष्ट्रिय अभियान - सम्पादकीय

सन् २०२० सम्मा हात्ती पाइले रोग विश्वबाट उन्मुलन गरिने लक्ष्य राखेर विश्व स्वास्थ्य संगठन लगायतका सरोकारवाला संस्थाहरुले विश्वभरका विभिन्न मुलुकहरुमा यस रोग विरुद्ध विभिन्न कार्यक्रमहरु साचालन गरिरहेका छन् । हाम्रो देश नेपालमा पनि हात्ती पाइले रोग नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । राज्य मातहतका सरकारी निकायहरुबाट यस रोगको संक्रमण रहेको देखिएका जिल्लाहरुमा हालसालै हात्ती पाइले रोग विरुद्धको अभियान थालनी भइसकेको छ । नेपाल सरकारका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले केही दिनअघि हात्तीपाइले रोग विरुद्ध राष्ट्रिय कार्यक्रम अनुसार यही माघ २१ गते देखि २३ गते सम्म हात्ती पाइले रोग विरुद्ध पूर्वााचलका विभिन्न जिल्लाहरुमा औषधि खुवाउने कार्यक्रमको तयारी भइरहेको छ ।
पूर्वााचलका धनकुटा सुनसरी मोरङ झापा लगायतका जिल्लाहरुमा हात्ती पाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रमका लागि जिल्लास्थित जनस्वास्थ्य केन्द्रहरुले आवश्यक तयारी थालेका छन् । जनस्वास्थ्य मातहतका स्वास्थ्यकर्मीहरुलाई महिला स्वास्थ्य स्वयम् सेविका र अन्य स्वयम्सेवकहरुलाई समेत आवश्यक तालिम दिई यस अभियानामा परिचालित गर्न लागिएको बुझिएको छ । सरकारले थालेको यो राष्ट्रिय कार्यक्रममा माघ २१ देखि ३ दिन सम्मका लागि निःशुल्क औषधि खुवाउन लागिएको छ । तसर्थ यो विषयमा आम सर्वसाधारण जनताले राज्यले प्रदान गर्न लागेको यो अवसरबाट फाइदा लिनु आवश्यक छ । कुनै पनि रोगको संक्रमणमा फसेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिने उपायको जोहोका लागि राज्यले गरिरहेको व्यवस्थाबाट सबै जनातालाई फाइदा पुग्न सक्नुपर्दछ । यसका लागि समाजका अगुवाहरुको सकरात्मक र सहयोगी भूमिका आवश्यक छ ।
राज्यले घोषणा गेको राष्ट्रिय कार्यक्रमको औचित्य के र कति हुने भन्ने किसिमका विषयहरु एकाध ढङ्गले चर्चाका विषय बनेका होलान् । तर जनताका स्वास्थ्यसँग प्रत्यक्ष ढङ्गले जोडिएको र महत्व राख्ने यस्ता विषयहरुमा अन्य किसिमले चर्चा गर्नुभन्दा सकरात्मक सोचका साथ यस्ता कार्यक्रम सफल पार्न सहयोग गर्नु आम सचेत नागरिकले दायित्वका साथ ग्रहण गर्नै पर्दछ । यस कार्यमा सरकारी निकाय सामाजिक संघसंस्था साचार माध्यमहरु र सबै तह र तप्काका नेपाली नागरिकहरुले आ-आफ्नो पक्षबाट अहम् भूमिका खेल्नै निर्वाह गर्नै पर्दछ । प्राप्त जानकारी अनुसार शुरु हुन लागेको हात्ती पाइले रोग विरुद्धको राष्ट्रिय अभियानमा सर्वसाधारणका लागि निःशुल्क औषधि खुवाउन लागिएको छ । यसले प्रथमतः विपन्न र रोग लाग्दा उपचार गर्न आर्थिक क्षमता नपुग्ने वर्गका लागि फाइदा पुग्ने देखिन्छ । गर्भवती महिला दीर्घरोगी तथा निरन्तर औषधि सेवन गरिरहेका बिरामी र ६ दिन भित्रका सुत्केरीलाई बाहेक सबैका लागि यो अभियानका दौरान हात्ती पाइले रोग विरुद्धको औषधि सेवनका लागि आव्हान गरिएको छ । हामी सबैले रोग निर्मूल गर्ने यस अभियानमा औषधि सेवन गर्ने गर्न सूचित गर्ने र यो अभियानमा सबैलाई सहभागी गराएर यसको सफलताका लागि आ-आफ्नो स्थानबाट भूमिका खेल्न आवश्यक हुने छ ।

0 प्रतिकृया:

Post a Comment