मण्टेश्वरी शिक्षण तालिम आजदेिख

दमक÷ पूर्वााचल प्राविधिक शिक्षालय दमकले शुक्रबार आज बाट मण्टेश्वरी शिक्षण तालिम साचालन गर्ने भएको छ । प्राथमिक शिक्षण सिकाईलाई प्रभावकारी तथा मण्टेश्वरी शिक्षाको विषयमा जानकारी दिन यो तालिम आयोजना गरिएको हो ।
यो तालिमको मूल लक्ष्य भनेको पूर्वप्राथमिक तथा प्राथमिक तहका साथै त्यो भन्दा माथि व्यवहारिक शिक्षा दिनु यसको मुख्य उद्देश्य भएको पूर्वााचल प्राविधिकका संचालक माधव भट्टराईले जानकारी दिए । अहिलेको शिक्षण सिकाई विधि अव्यवहारिक र प्रयोगात्मक नभएको सैद्धान्तिक सिकाईले मात्र शिक्षाको गुणस्तर सुधार संभव नहुने देखेर यो मण्टेश्वरी तालिमको आयोजना गरिएको हो । मण्टेश्वरी विधि के हो त भनेरै यो तालिमको आवश्यकता महसुस गरिएको हो उनले बताए । यो विधि प्रत्येक शिक्षण संस्थाले अपनाए मात्र यसको व्यवहारिक पक्षले शिक्षण सिकाईमा सुधार हुने उनले सुझाव दिए ।
स्थापनाकालदेखि नै विभिन्न स्वरोजगार मूलक तालिम दिदै आएका यस संस्थाले हालसम्म धेरै सीपबिहीन गरीब उत्पीडित महिला तथा राज्यबाट पछाडि पारिएकाहरुलाई सीप प्रदान गर्दै आएको कुरा अर्का साचालक वि।पि। भट्टराईले जानकारी दिए । सि।टि।एफ नेपालका बद्री दाहाल जनकराज पराजुली लगायतका प्रशिक्षकले तालिम दिनेछन् । तालिममा मोरङ र झापाका सरकारी तथा निजी विद्यालयका शिक्षक लगायत नब्बे भन्दा माथिको सहभागिता हुने बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment