आज शनिश्चरे खुल्ला दिसा मुक्त हुँदै

उर्लाबारी÷मोरङको शनिश्चरे गाविसलाई खुल्ला दिसा मुक्त गर्ने कार्य पूरा भएको छ ।
सरसफाई समन्वय समिति शनिश्चरेले बिहीबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । शनिश्चरे गाविसमा ५ हजार ४ सय ९० घरधुरी रहेको र जसमध्ये १ हजार ३ सय ७३ घरपरिवारमा कच्ची तथा ४ हजार १ सय २१ घर परिवारमा सुधारिएको चर्पी रहेको समितिले जनाएको छ ।
मोरङ जिल्लालाई सन् २०१५ सम्ममा खुल्ला दिसा मुक्त जिल्ला बनाउने अभियानलाई सफल बनाउनको लागि शनिश्चरेलाई विविध रुपमा आज शुक्रबार खुल्ला दिसा मुक्त गाविस घोषणा गरिने समितिका अध्यक्ष लोककिरण न्यौपानेले बताए । १ रुपैयाँ सङ्कलन अभियानले समेत खुल्ला दिसा मुक्त गाविस बनाउन सहयोग पुर् याएको उनले जानकारी दिए । शनिश्चरे मोरङ जिल्लाकै खुल्ला दिसा मुक्त हुने तेस्रो गाविस हुन सफल भएको छ । यस अघि मोरङको जाँते र लेटाङ खुल्ला दिसा मुक्त भइसकेका छन् भने उर्लाबारी घोषणाको तयारीमा रहेको छ ।

0 प्रतिकृया:

Post a Comment