दर्बिलो एकताका लागि धार्मिक सामाजिक सद्भाव आवश्यक- मुख्य समाचार

लारुम्बा/ संबिधान सभाकी उपाध्यक्ष पूर्णकुमारी सुबेदीले धार्मिक र साँस्कृतिक सद्भावले मात्र मुलुकको दर्बिलो एकता हुने बताएकी छन् ।
सुबेदीले बुधबार दक्षिणी इलामको बाँझो ९ को लारुम्वा सम्पन्न किरात धर्मगुरु आत्मानन्द िलंदेनकी धर्मपत्नी पबित्राहांगमा िलंदेनको ५६ औं जन्मोत्सव समारोहमा बोल्दै सो कुरा बताएकी हुन् ।

समारोहमा सुबेदीले मुलुक स्थायी शान्तिको दिशातर्फ उन्मुख बन्दै गएकाले हरेक जातजातीले जातीय सद्भाव कायम राख्ने भूमिका निर्बाह गर्नु पर्ने उल्लेख गरिन् । समारोहमा किरात धर्मगुरु आत्मानन्द िलंदेनले पनि ुआर्शिबचनु दिएका थिए । सोही अवसरमा संचालित महिला फुटबल लगायतका महिला खेलकुदका बिजेतालाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो ।
यसै बिच दमक बसपार्क निर्माण समितिले सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ । लारुम्बा जाने क्रममा दमक आईपुगेकी उनलाई बसपार्क निर्माणका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको समितिका अध्यक्ष शंकर बस्नेतले बताए ।

0 प्रतिकृया:

Post a Comment