खेलकुद मनोराजन मात्र होइन - बाटैमा

तिर्थराज मिश्र जिल्ला बुद्धिचाल संघ झापाका अध्यक्ष हुन् । १६ जना फिडे रेटिङ् खेलाडी रहेको झापामा ६० भन्दा खेलाडीहरु यस खेलमा व्यवसायीक रुपमा लागेका छन् । झापाको दमक-१० निवासी मिश्रसँग बाटैमा गरिएको कुराकानी जस्ताको तस्तै :-
जिल्ला बुद्धिचाल संघले झापामा हाल के गरि रहेको छ ?
खेलाडीहरु पहिचान गर्ने काममा अहिले हामी केन्द्रित रहेका छौं । संघ पनि करिव २ महिना अघि मात्र पुनर्गठन भएकाले कार्यलय व्यवस्थापनमा समेत लाग्नु पर्ने भएको छ । जिल्लामा प्रतिभावान खेलाडीहरु रहे पनि उनीहरुको पहिचान हुन नसक्दा ओझेलमानैं रहेका छन् । त्यस्ता खेलाडीहरु पहिचान गरि उनीहरुको प्रोत्साहनका कार्यक्रम ल्याउन पनि हामी केन्द्रित भएका छौं ।
बुद्धिचाल खेल किन आवश्यक छ
यो खेलमात्रै होईन अनुशासन सिकाउने थलो पनि हो । यो सँगै यसले मानसीकरुपमा बलियो बनाउन पनि सहयोग गर्छ तर उमेर छिप्पिए पछि मात्र खेल्न शुरु गर्नु भन्दा सानै उमेर देखी यस तर्फ वालवालिकााहरुलाई प्रोत्साहन गर्न सकियो भने उनीहरु बढि तिक्ष्ण पनि हुन सक्छन् ।
खेलाडीहरुले खॆलेरनैं कमाउने अवस्था कस्तो छ ?
अहिले सम्म त खेलकुद क्षेत्र व्यवासायीक हुन सकेकै छन् । त्यसको मार बुद्धिचाल खेलमा पनि परेकेा छ । बिभिन्न प्रतियोगीतामा सहभागी हुन समेत खेलाडीहरुले निजी खर्च गरि रहनु परेकेा अवस्था छ ।
खेल खेलि रहने खर्च भईरहने कमाई पनि नहुने हो भने किन बुद्धिचाल वा अन्य खेल खेल्न आवश्यक छ
कुनै पनि खेल कमाउनका लागि मात्रै खेलिने होईन । मानसीक तथा शारीरिक स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक छ । अझ बुद्धिचाल त बुद्धिको खेल हो । यसले अध्ययन पेशा तथा सवै क्षेत्रमा सकारात्मकनैं सहयोग पुर् याउँछ ।

जिल्ला बुद्धिचाल संघको आगामी योजना के रहेको छ ?
विद्यालय तहबाटनैं प्रतियोगीताको आयोजना गरि व्यवासायीक खेलाडीहरु उत्पादन गर्ने योजना रहेको छ । विद्यालयमानैं प्रशिक्षकहरु पुर् याएर प्रशिक्षण दिने योजना रहेको छ । जिल्लामा रहेका तथा लुकेका प्रतिभावान खेलाडीहरुलाई उपयुक्त अवसरको श्रीजनाका लागि समेत हामी आगामी दिनमा लागि पर्ने छौं । यस्तै आगामी वर्ष झापामा अन्तराष्ट्रिय स्तरको फिडे रेटिङ् प्रतियोगीता गर्ने तयारीमा पनि हामी लागेका छौं ।
खेलकुद क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो रहेको छ  ?
बिभिन्न जिल्लामा जिल्ला खेलकुद विकास समिति रहेका छन् । तर ति सवै सरकारमा जाने राजनीतिक दलहरु अनुकल मात्र रहँदै आएका छन् । हाम्रो संघले पनि औपचारीकरुपमा सरकारी निकायबाट कुनै सहयोग पाउन सकेको छैन । सरकारले प्रोत्साहन नगरि खेलकुद क्षेत्रले गति लिन सक्दैन भन्ने कुरा राजनीतिक नेतृत्वले अझै सम्म पनि नबुझेको जस्तो लागि रहेको छ ।
खेलाडीहरुको व्यवासायीक विकास हुन नसक्नुको कारण के होला ?
खेलाडीहरुलाई पनि दलिय आडमा कुनै अवसर मिल्छ कि भन्ने आश पनि रहेको हुन सक्छ । तर अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रिय पहिचान स्थापित गराउन सक्ने खेलकुद क्षेत्रलाई अझै सम्म पनि मनोराजनको रुपमा मात्र हेरिँदै आएको छ । यसले गर्दा पनि खेलाडीहरुको व्यवसायीक विकास हुन नसकेकेा हो ।

0 प्रतिकृया:

Post a Comment