लोकसेवा आयोगको परीक्षा परिवेश - पहिलो लेख

- वासुदेव गुरागाईं
‘लोक सेवा आयोगको परीक्षा !’ अहँ म त दरखास्तै दिन्न । नचाहिँदो कुरा । कहाँ सक्छौँ हामी लोक सेवा पास गर्न ? कस्ता-कस्ता पढ्ने मान्छे त गुल्टेका छन् । अनि, हामी सक्छौँ ? म त दरखास्तै हाल्दिनँ । पास गर्नै नसक्ने भएपछि बेकार दरखास्त दिएर किन जाँच दिइरहने ? नभएको पैसाको मात्रै नास ।
विद्यालय, उच्च माध्यमिक विद्यालय वा विश्वविद्यालयबाट कुनै पनि तहको डिग्री हासिल गर्ने व्यक्तिलाई लोक सेवा आयोगको परीक्षा दिएर रोजगार हुन सल्लाह दिँदा सुरुमा आउने जवाफ यस्तै प्रकृतिका हुन्छन् ।
कतिपय युवालाई आयोगको परीक्षा दिएर सरकारी जागिर खान सल्लाह दिँदा यतिखेर अर्को प्रकृतिको जवाफ पनि आउने गर्छ । महिनाको तलब कति हुन्छ ? त्यति तलबले खान पुग्छ ? बेकारको कुरा ! त्यस्तो खानै नपुग्ने जागिर खाएर पनि कोही जिन्दगी बरबाद गर्छन् ? त्यस्तो सरकारी जागिर त म खाँदै खान्न । बरु जान्छु विदेशतिर । देखाजाला जे त होला । जानीजानी कोही त्यति तलबमा झुण्डिन्छ ? यस्तो सल्लाह पनि दिने ?
यी दुईथरी जवाफ लगाउने युवाको आ-आˆनै विशेषता हुन्छन् । पहिला थरी मुस्किलले घोकेर वा अन्य कुनै तरिकाले परीक्षा त पास गरेका हुन्छन् तर प्रतिस्पर्धा गर्न डराउँछन् । थप मेहनत गर्न पछि हट्छन् । सामान्य भनसुनमा कतै गुजारासम्म चल्ने पेसाका लागि तयार हुन्छन् । प्रतिस्पर्धाका लागि हुने परीक्षामा सामेल भएर उत्तीर्ण हुने ख्वाब त के Û परीक्षा दिने आँटसम्म पनि गर्दैनन् । न त यिनीहरूसँग आˆनै आँटका भरमा केही गर्न सक्ने हिम्मत नै हुन्छ । यिनलाई आफूमा निहित शक्तिलाई बुझाइदिने अर्को व्यक्तिको जरुरत पर्छ । त्यो पनि जो कोहीले भनेका र एकदुई पटक गरेका कुराले यिनलाई बुझाउन सकिँदैन । यिनीहरूसँग क्षमता छ तर उपयोग गर्नसक्ने हिम्मत हुँदैन । आˆनो क्षमता यी पटक्कै बुझ्दैनन् । आयोगको परीक्षा भनेको अर्कै ब्रहृमाण्डबाट सञ्चालित हुन्छ र त्यस्तो परीक्षा उत्तीर्ण गर्ने पनि उतैबाट आएका हुन्छन् । उनको सोचाइ यस्तै प्रकृतिको हुन्छ । समग्रमा यी आपै”mमा त्रास बढाउन सक्छन्, आस बढाउन सक्तैनन् ।
दोस्रा थरी युवा आधुनिक प्रविधिसँग परिचित छन् । त्यसको सदुपयोग गर्ने आँट यिनमा छ । यस्ता वर्गका युवा अहिलेको विश्व परिवेशमा आफूलाई उभ्याउन आवश्यक अङ्गे्रजी भाषामा विशेष दखल राख्छन् । यिनको पढाइ प्रायः निजी विद्यालयमा भएको हुन्छ । प्रविधिमा पहुँच र अन्तर्राष्ट्रिय भाषा
-अङ्गे्रजी) को विशेष दखलताले यिनको हिम्मत बढेको देखिन्छ । यसैले पनि अहिलेको परिवेशमा कम आय हुने, तर प्रतिस्पर्धामा खरो उत्रनु पर्ने परीक्षामा यी झ्वाट्ट होमिन चाहन्नन् । यी आˆना बाबुआमा वा यस्तै अभिभावकका अभिभावकत्वमा हुर्के बढेका हुन्छन् । सामान्य दुःखका कुरा यिनलाई थाहा हुँदैन तर यिनमा आˆनै किसिमको आँट छ । हिम्मत छ । अलिकति मात्र पनि यिनलाई सही मार्गदर्शन गर्न सक्ने हो भने यिनको भविष्य पहिलो वर्गका युवाको भन्दा उज्ज्वल देखिन्छ ।
म यतिखेर आयोगले प्रकाशन गरेको प्रशासन सेवा, सामान्य प्रशासन समूह, शाखा अधिकृत
-खुला) को बहत्तर पद सङ्ख्याको नतिजालाई अगाडि राखेर यो आलेख तयार गर्दैछु । प्रतिस्पर्धामा जम्मा ३३२५ उम्मेदवारले लिखित परीक्षा दिएकोमा १२२ परीक्षार्थी अन्तर्वार्ताका लागि छानिए । यसरी छानिएकामध्येबाट दस महिला र बासठ्ठी पुरुष अन्तर्वार्तामा सफल भए । हुनत यही कुल ३३२५ सङ्ख्याबाटै समावेशी कोटाभित्रका महिला, आदिवासी/जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपाङ्ग गरी अरू ६१ उम्मेदवार पनि छानिए तर यो सन्दर्भ भने खुलातर्फको ७२ सिटसँग मात्र केन्दि्रत छ ।
आयोगले सञ्चालन गरेको यस परीक्षामा नेपालका मेचीदेखि महाकालीसम्मका योग्यता पुगेका नेपाली युवाले भाग लिएका थिए । उत्तीर्ण हुने सौभाग्य सबैलाई मिलेन र मिल्ने कुरो पनि भएन तर एउटा कुरा के हो भने नतिजा भौगोलिक हिसाबले तुलनात्मक रूपमा समानुपातिक हुन सकेको देखिएन । जसले बुझेर मेहनतसाथ तयारी गरे पक्कै पनि परीक्षामा तिनै सफल भए । भूगोलको कुरो यहाँ रहेन । रहने कुरो पनि भएन । तथापि, समान मेहनत भएको भए सम्भवतः नतिजा पनि समानुपातिकताको केही नजिक हुन सक्थ्यो कि भन्ने मात्र हो, अन्यथा होइन ।
विकास क्षेत्रगत रूपमा केलाउँदा प्रकाशित नतिजाले पूर्वाञ्चलका १५्र, मध्यमाञ्चलका ७, पश्चिमाञ्चलका ३३, मध्यपश्चिमाञ्चलका १३ र सुदूरपश्चिमाञ्चलका ४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यति महìव दिएर यो लेख किन तयार गरियो ? भन्ने जिज्ञासा पनि जाग्नसक्छ । निजामती अधिकृतहरूलाई अनावश्यक महìव दिएको आक्षेप पनि नलाग्ला भन्न सकिन्न तर कुरो त्यसो होइन । यी अधिकृत भनेका देशको भोलिको प्रशासनयन्त्र संहाल्ने कर्णधार हुन् । सामान्य रोजगारीका हिसाबले बाहेक अरू अवस्थामा एक किसिमले निजामती सेवाप्रति बढ्दै गएको विकर्षणलाई आकर्षणमा परिणत गर्ने हस्ती हुन् । यिनको लगन, परिश्रम र सोचको कदर गर्नैपर्छ । आयोगको परीक्षासँग त्रास पाल्नेहरूले यिनलाई हेरेर आजैदेखि परीक्षाको तयारी गरी आˆनो भविष्य बनाउनेतिर अग्रसर हुनुपर्छ ।
हिजोअस्तिसम्म हामी त महिला भनेर आपै”m हीनताबोध गर्ने हाम्रा दिदीबहिनी अहिले धमाधम पुरुषसँग प्रतिस्पर्धामा खरो उत्रेर आफूलाई सक्षम साबित गर्न थालेका छन् । यसको गति दिनप्रतिदिन बढ्दो छ । उपलब्ध यही तथ्याङ्कमा बहत्तरमध्ये दस जना अर्थात् १३.८९ प्रतिशत महिला छन् । यो सङ्ख्या पर्याप्त नभए पनि उत्साहजनक पक्कै छ । यस्तै पिछडिएको क्षेत्र भनेर वर्गीकरण गरिएको कणर्ाली अञ्चलका जुम्ला र हुम्लाका एक/एक उम्मेदवार अर्थात् २.७८ प्रतिशत सफल भएका छन् । यसलाई मुक्तकण्ठले प्रशंसा गर्दै यी क्षेत्रबाट अझै यस्ता व्यक्तित्व अगाडि आइरहून् भनी नहिच्किचाइकन शुभेच्छा प्रकट गर्नु यतिखेर सान्दर्भिक नै हुन्छ ।
मान्छेले गरेर नहुने के छ ? सबै कुरा आˆनो लगन र परिश्रम हो । प्रतिस्पर्धाको परीक्षामा जाँच दिने परीक्षार्थी आवश्यक सङ्ख्याभन्दा माथि गएर सबै एकैचोटी कहिल्यै उत्तीर्ण हुन सक्तैनन् । एकोहोरो रूपमा लागिरहने र मेहनतलाई निरन्तरता दिइरहने हो भने चाहिँ एक न एक पटक सफलता हात नलागी सुखै छैन । एक दिन त्यो क्षण अवश्य आउँछ । यस कुरालाई परीक्षाको जुनसुकै चरणमा असफल भएका जोसुकै परीक्षार्थीले पनि मनन गर्नु जरुरी छ । आखिर, बराबर योग्यता भएका कुनै दस व्यक्तिलाई कुनै एक स्थानका लागि प्रतिस्पर्धा गरायो भने एकदेखि दस योग्यताक्रममा तीमध्ये कोही न कोही पर्नैपर्छ । पर्छन् । यस्तो अवस्थामा बाँकी प्रतिस्पर्धीलाई पछाडि परेको मात्र मान्नु पर्छ, असफल होइन ।
आयोगको प्रस्तुत नतिजा एउटा उदाहरण र विश्लेषणको आधार मात्र हो, अरू होइन । आयोगका अन्य नतिजा पनि यसरी नै विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । प्रस्तुत नतीजा जे जस्तो भए पनि निष्कर्ष के हो भने आयोगको परीक्षासँग कोही पनि डराउनु पर्दैन । जसले यस्ता परीक्षालाई त्रासको रूपमा हेरेका छन्, ती पक्कै पछाडि पर्छन् । शङ्का छैन तर जो डटेर लागिपर्छन् उनको भविष्य उज्ज्वल छ । यसै गरी दोस्रो वर्गका युवा जसले मनमा विदेश मात्र पालेका छन् तिनले पनि स्वदेशमा उपलब्ध अवसरको सदुपयोग गर्नुपर्छ । बरु सेवामा प्रवेश गरेर यसलाई थप मर्यादित र आकर्षक बनाउन प्रयास गर्नु पर्छ । अनि, यतिखेरै आयोगले पनि विभिन्न किसिमका खोज, अनुसन्धान र परामर्शका माध्यमबाट यस्ता सबै किसिमका मनलाई आकषिर्त गरी योग्यभन्दा योग्य व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउने अभियानमा निरन्तर रूपमा लागिरहनु सर्वथा उपयुक्त र राज्यको हितमा हुन्छ ।
-लेखक लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल निर्देशनालय, सुर्खेतमा उपसचिव हुनुहुन्छ ।

0 प्रतिकृया:

Post a Comment