नेकाको गाउँ सम्मेलन

लखनपुर÷ नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले अन्य दलहरुलाई लोकतान्त्रिक मुल्य र मान्यताको राजनीतिमा ल्याउन कांग्रेसका अहम भूमिका रहेको बताएका छन् ।
शुक्रबार झापाको लखनपुरमा आयोजित पार्टीको प्रथम गाउँ सम्मेलन उद्घाटन गर्दै उनले एमालेलाई लोकतान्त्रिक मूल्य र मान्यता सिकाउन दश वर्ष लागेको र माओवादीलाई पनि अहिले त्यतिकै समय खर्चिनु परिरहेको बताए । ुयो मुलुकको सबैभन्दा जेठो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस नै हो एमालेलाई माइलो बनाइयो अब माओवादी कान्छो हुँदैछ ।ु बुढाथोकीले व्यङ्ग्य गरे ।
लखनपुर-१ स्थित मंगलमय उच्च माविका प्राङ्गणमा भएको सो सम्मेलन उद्घाटन अवसरमा पार्टीका जिल्ला उपसभापति देउमान थेवे महासमिति सदस्यहरु पूर्णानन्द शर्मा र दिलबहादुर बुढाथोकी क्षेत्रीय सभापति शेरबहादुर भट्टराई महाधिवेसन प्रतिनिधिहरु गणेश बुढाथोकी हुकुमिसंह राई र चन्द्र खड्का जिल्ला सदस्य टिकाराज सापकोटा दमक नगर सभापति ढुण्डी भण्डारी तरुण दल झापाका अध्यक्ष भूमि राई र पार्टीका पुराना कि्रयाशील सदस्य जयनारायण अधिकारी शुभकामना मन्तव्य राखेका थिए ।
अधिकारीले पार्टीको कार्यालय साचालनार्थ निर्माण गरिने भवनका लागि निःशुल्क जग्गा प्रदान गर्ने घोषणा गरेका थिए ।
पार्टीका गाउँ सभापति टंक सेडाईले सो कार्यक्रममा पार्टीका भावी कार्यक्रम र रणनीतिहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सभापति सेडाईको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति बालकृष्ण गौतमले स्वागत मन्तव्य राखेका थिए भने साचालन सचिव पदम सेडाईले गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment