गुटबन्दीको अन्त्य भएको एमाले नेताहरुको घोषणा -मुख्य समाचार

बिर्तामोड÷ नेकपा एमालेका नेताहरुले पार्टी भित्रका सवै प्रकारका गुटबन्दी अन्त्य भएको बताएका छन् । उनीहरुले शान्ति प्रकृया टुङ्ग्याउन र नयाँ संविधान जारी एमालेको आन्तरीक जीवनको एकताको खाँचो रहॆको बताएका छन् । एमाले भित्रको सवै प्रकारको गुटबन्दि अन्त्य भए मात्र शान्ति प्रकृया र संविधान लेखनले गती पाउने उनीहरुले बताए ।
 दाम्लो समाएर एकताको उद्घोष गर्दै नेताहरु ।
शुक्रबारबाट बिर्तामोडमा शुरु पार्टीको युवा संगठन युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनीहरुले माओवादी शान्ति प्रकृया र संविधान लेखन प्रति गम्भिर नरहेको समेत आरोप लगाए । कार्यक्रममा पार्टी अध्यक्ष झलनाथ खनालले सर्वोच्च अदालतले संविधान जारी गर्ने म्याद नबढाउन निर्देशन दिईसकेकाले अझै अटेर गर्ने र दलहरु बीचमा असमझदारी बढाउने बेला नरहेको बताए । उनले माओवादीलाई ठुलो दलहरुको दम्भ मात्र नपाल्न र जिम्मेवारी प्रति गम्भिर हुन आग्रह गरे । उनले अहिलेको सरकारले राष्ट्रिय स्वरुप पाउने कुनै सम्भावना नरहेको दावि गर्दै महाजम्बो बनेको मन्त्री मण्डलमा एमाले सहभागी हुन नसक्ने बताए । पार्टीले शुरु गरेको एकता र सुदृढिकरण अभियानले पार्टीलाई साँच्चिकै बलियो बनाउने उनले दावी गरे । उनले भने- ुकस्ले के-के गल्ति गर् यौं आत्म समिक्षा गर्नुपर्छ मैले गरेको भए पनि म त्यसको आत्मसमिक्षा गर्छु हाम्रो पार्टीको अबको एकता नक्कली होईन सक्कली एकता हो ।ु कार्यक्रममा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकतामा जोड दिँदै शान्ति र संविधानका लागि पनि यसको अपरिहार्यता रहेको बताए । उनले अहिलेको सरकारबाट शान्ति र संविधानका आशा गर्न नसकिने भएकाले नयाँ सहमतिय सरकारको खाँचो रहेको उल्लेख गरे । पार्टी एकता र सुदृढिकरणका लागि महत्वपूर्ण मानिएको सो भेलामा प्रभावशाली नेता केपी शर्मा ओलीले एमालेले पार्टी एकता भन्दा पनि सुदृढिकरणमा जोड दिएको बताए । पार्टीको भूमिका अपेक्षाकृत हुन नसक्दा माओवादी एकलौटी हावी भएको उनले दावी गरे । माओवादीले लडाकुको भरमा राजनीति गर्न खोजेको आरोप लगाउँदै उसैका कारण सेना समायोजनमा ढिलाई भएको नेता ओलीको भनाई थियो । कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय बामदेव गौतम विद्यादेवी भण्डारी लगायतले पार्टीको महाधिवेशको क्रममा देखिएको तिक्तता नमेटिँदा पार्टीको आन्तरीक जीवन कमजोर भएको बताएका थिए । कार्यक्रममा बैकल्पिक पोलिट व्युरो सदस्य नरेश खरेल जिल्ला अध्यक्ष रवीन कोईराला लगायतले पार्टी शुरु गरेको सुदृढिकरण र एकता अभियान प्रत्येक कार्यकर्ता सम्म पुर् याईने बताए ।
कार्यक्रममा जिल्लाका धेरै जसो यात्रुबसहरु रिजर्व गरिएकाले सडकमा न्युृन मात्रामा यात्रुबाहक बसहरु चलेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहेका एमाले अध्यक्ष खनालले गरेका थिए । कार्यक्रममा शुरुवाती क्रममा नैं बरिष्ठ नेता नेपालले सम्बोधन गरेका थिए भने पार्टीका प्रभावशाली मानिएका नेता ओली भन्दा अगावै सम्बोधन गरेका अध्यक्ष सम्बोधन पछि कार्यक्रमबाट बिदा भएका थिए । कार्यक्रम साचालकले नेताहरुको व्यस्त समयका कारण कार्यक्रमबाट बिदा भएको बताईरहेका बेला बरिष्ठ नेता नेपाल समेत कार्यक्रमबाट बिदा भईसकेका थिए ।
 सभामा सहभागीहरु ।



कार्यक्रममा पार्टीको दार्चुला जिल्ला कमिटीले नेताहरुलाई कोट लगाईदिँदै एकताको प्रतिक भन्दै एउटै दाम्लोमा उभ्याएका थिए । कार्यक्रममा बिभिन्न पार्टी र स्वतन्त्र रहेका एक हजार भन्दा बढी एमालेमा प्रवेश गरेको जानकारी गराईयो । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष लगायका नेताहरुले टीका लगाएर स्वागत गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment