४० प्रतिशत व्यापारीले शुल्क तिरेनन्

उर्लाबारी÷मोरङको उर्लाबारीमा फोहोर मैला ब्यवस्थापनकालागि तोकिएको शुल्क ४० प्रतिशत ब्यापारीहरुले तिरेका छैनन् ।
उनीहरुले फोहोर उठाए वापतको शुल्क नतिरेको फोहोर मैला ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्रजंग तामाङले बताए । उर्लाबारी नगरलाई फोहोर मुक्त स्वच्छ शहर बनाउनको लागि उर्लाब्ाारी नगरपालिकाले २०६७ सालमा फोहोर मैला ब्यवस्थापन समिति गठन गरेको थियो । शनिबार बाहेक समितिले अन्य दिनमा फोहोर उठाउँदै आएको भएपनि ४० प्रतिशत ब्यापारीहरुले अझै सम्म पनि फोहोर उठाए बापतको रकम नदिएको कारण फोहोर ब्यवस्थापनमा समस्या उत्पन्न भएको उनले जानकारी दिए । समितिले ट्याक्टरको माध्यमबाट उर्लाबारी र मंगलबारे क्षेत्रको फोहोर उठाउने गरेको छ । स्थलत फोहोर मैलाको निरिक्षण गर्दा शुल्क तिर्ने भन्दा पनि नतिर्नेको बढी तिता कुराहरु आउने गरेको उनको गुनासो छ । अहिले उर्लाब्ाारी- ४ को मावा खोलामा अस्थाई डम्फिङ रहेको र स्थाई डम्फिङ साइटको लागि स्थानीय बिकास मन्त्रालय फोहोर मैला ब्यवस्थापन महाशाखामा पहल भईरहेको छ ।
उर्लाब्ाारीको फोहोर ब्यवस्थापन गर्न सेवा शुल्कबाट ४ लाख ६९ हजार १ सय ९१ रुपैया र उर्लाब्ाारी नगरपालिकाबाट ५० हजार गरी ५ लाख १९ हजार १ सय ९१ ब्ााट ५ लाख १५ हजार ७ सय खर्च भएको र ३ हजार ४ सय ९१ म्ोज्यात रहेको जनाइएको छ । नगरपालिकाले कम्तीमा २ लाख बजेट फोहोर मैला ब्यवस्थापनमा छुटाउनु पर्ने समितिले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment