घुस लिने निलम्बित

काठमाडौ÷ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मदिरा सेवकसंग घुस लिएर छाडेको भन्दै एक प्रहरी जवानलाई निलम्बन गरेको छ ।
महाशाखा दरबान्दी भई ट्राफिक प्रहरी बृत्त जावलाखेलमा कार्यरत प्रहरी जवान नारदकुमार मा´ीले प्रहरी आचरण्ँ विपरित मोटरसाईकल चालकसँग पैसा लिएकोले निलम्वन गरेको प्रहरीले जनाएको छ । ूप्रहरी जवानलाई थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरी नियमावली २०४९ संशोधनसहित को परिच्छेद ९ को नियम ८९४ बमोजिम पुस २७ देखि नै लागू हुने गरी नोकरीबाट निलम्बन गरिएको महाशाखाले जनाएको छ । मदिरा सेवन गरे नगरेको जाच गर्ने क्रममा नारदले मोटरसाइकल चालकसंग पैसा लिएको दृश्य साचार माध्यमहरु मार्फत बाहिर आएको थियो ।

0 प्रतिकृया:

Post a Comment