मिलेर म्याण्डेड पूरा गरौँ - दोस्रो लेख


एतिहासिक जनआन्दोलन पछि राजतन्त्र हटेर स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको म्यानडेट अनुसार काम गर्दा गर्दै पनि सत्ताको लोभका कारण प्रतिपक्षले सरकार ढलाएपछि देशको हविगद बिग्रेर गयो ।
विशेष गरी एमाले र कांग्रेसको कारण ढलेको प्रचण्ड नेतृत्वको सरकार पछि एमालेले आफ्ना दुई शिर्ष नेताहरु माधव नेपाल र झलनाथ खनाललाई लगातार दुईपटक प्रधानमन्त्री बनाउन सफल भयो । माकुने अनि केही मन्त्रीहरुलाई प्रधानमन्त्री मन्त्री बनाउन एमालेको म्यानडेटले सफल गरायो । तर नेपाली जनताको म्यानडेट अनुसार यो सरकारहरुले स्पिरिट लिन नसकेपछि उसले पनि सरकार वाट राजिनामा दिनु बाध्य भयो ।
एमालेका माधव र झलनाथले संविधान र शान्तिको पक्षमा नत स्पिरिट लिने नीति अवलम्वन गर्यो नत उसको स्वार्थ अनुकुलको काम गर्न जनतागत भएका माओवादीको सामु सक्यो । यो पनि मुख्य कारण थियो एमालेको सरकार ढल्नु । माकुने र झलनाथले आ-आफ्नो कार्यकाल सफल भएको स्वघोषित गर्दै िहंडेपनि यथार्थमा निर्जीव नदिको म्यान्डेट अनुसार बढीले वालुवा ढुङगा बगायो होला तर जनताको म्यानडेट अनुसार उनिहरुको सरकारले सिन्का भाँचेन । माकुने र झलनाथ सरकारको मूल्यांकन सयौं राजनीतिशास्त्रीले गर्दा पनि ३२ अंक भन्दा कम हुन्छ । रिचेक गर्नेहो भने िसंहदरवारमा उनिहरुको उत्तर पुष्तिका छँदैछ । सामान्यतः सफल हुनका लागि ३२ भन्दा ज्यादा अंक ल्याउनुपर्ने नेपाली शैक्षिक परिक्षाको नियम अनुसार उनीहरु असफल भएका छन् । अव उनिहरुको काम नगर्ने असफल प्रधानमंत्रीहरुको लाईनमा फोटो बिनाको ईतिहास कोरिने पक्का छ ।
खुरापाती बोल्नेहरुले प्रचण्ड पनि असफलनैत भएका हुन नी ! भनेर प्रचार गर्नु सजिलो छ । प्रचण्ड नेतृत्वको सरकारले राजिनामा दिनु र एमालेको माकुने र झलनाथले पनि राजिनामा दिनुलाई आधार एकै अर्थमा हेरिनु सरासर गलत हुन्छ । प्रचण्डहले राजिनामा दिनु नेपाली सेनाका सेनापति रुकमाङगतको घमण्ड मुख्य कारण थियो । माधवहरुको प्रधानमंत्री नेतृत्वले राजिनामा दिनु जनताको म्यानडेट अनुसार स्पिरिटमा नचल्नु थियो । प्रचण्डले घमण्डि र अटेरी तत्कालिन प्रधान सेनापति रुकमाङगत कट्वाललाई बर्खास्त गर्ने जुन कदमका साथ स्पिरिट पक्रेका थिए । त्यो सफल भएको भए आज देशले कोल्टे फेरिसक्ने थियो । बिना संविधान विना अन्योलीत लामो समय बिना दंगाफसाद आज जनताले संविधान र शान्ति स्थापना पाई सक्ने थियो । त्यसपछिको आज तेस्रो प्रधानमन्त्री आउँदा पनि शान्ति स्थापनामा यस्ताखाले कर्मचारीले बाधा पुर् याइरहेकाछन् ।
कहिले नेपाल वायुसेवा निगमको सामान चोरी हुने कहिले महाप्रबन्धक कुसर्ीमा होडवाजी गरेर कहिले टेलिकममा अनियमितता बढेर सरकारलाई असहयोग अहिले पनि भईरहेको छ । त्यसैगरी कहिले सेनाले भद्रकालीको सडक खुला गर्न अटेर गरेर कहिले सहिदगेटमा भएको महेन्द्रको सालिक हटाउने सरकारको निर्णयमा न्यायालयले पनि असहयोग पुर् याउने सम्म भएको छ ।
एमाले कांग्रेस र केही कर्मचारीको असहयोगका वाबजुध प्रधानमन्त्री बावुराम भट्टराई नेतृत्व सरकारले संविधान र शान्ति स्थापनार्थ राम्ररी गति लिएकैछ । मुख्य गरेर थाती बसेको सेना समायोजन प्रकृया साचालनमा आएर अन्तिम चरणमा पुगेको छ । राज्यको पुनस्रंरचना आयोग गठन भएको छ । एतिहासिक किरात प्रदेशमा लिम्वु खम्वु जातिले उठाएको मुद्दा तराईमा मधेशी र थारुहरुले उठाएको मुद्दाहरुलाई चित्त वुझाएर अघि वडिनै रहेकाछन् । विदेशमा भारत र अमेरिका जस्तो शक्तिशाली र कुटनीति तवरले पनि संवेदनसिल छिमेकी देशहरुसंग सम्बन्ध अहिले सुद्रीण भएको छ । प्रचण्ड र किरण समुह आन्तरिक लाईन संघर्षको उत्सर्गमा पुगेपनि अन्ततः मिलेर अघि बड्ने सहमती भईसकेको छ । माओवादीका दुवै पक्षले आवस्यकता अनुसार सडक सदन र सरकार सबैतिर बाट नै संघर्ष गर्ने सहमतीमा मिलेपछि नेपाली जनता वढी आसावादी छन् । एमाले भीत्र चलेको त्रिकोणात्मक द्वन्द दुई साता अघि मिलिसकेको छ । एमाले भीत्रपनि माकुने झलनाथ केपी वीच सहमति भएर अघि वड्दा एमालेलाई फाईदात छदैछ । त्यसमा जनतामा पनि आशा थपिएको हुनुपर्छ । वास्तवमा दलभित्रै आपसी संघर्षमात्र गरिराख्ने हो भने जनताले सास्ती र दल पनि जिर्ण बन्दै जान्छ । त्यसैले कांग्रेसले पनि माओवादी र एमालेको पाठ सिकेर अघिबढ्नुपर्छ । प्रधानमंत्रीको पदलाई मुद्धा वनाएर आ-आफ्नो समुहमा लविङ थाल्न छाडी रामचन्द्र र शेरवाहादुर मिलेको देख्न नेपाली जनता लालायीत छन् ।
तर घरझगडा लगाएर आफु अघि बड्नुपर्छ भन्ने भीत्री नीति अनुसार एमाले कांग्रेस लाग्यो भने फेरी माओवादी फसादमा नपर्ला भन्न सकिन्न । यसले नेपाली जनतालाईनै पहिलो घात पुग्नेछ । माकुनेले सरकार चलाउन नसक्ने भएपछि माओवादी पार्टी भीत्र घर झगडा लगाउने उद्देश्यका साथ एमाले कांग्रेसले माओवादीका बाबुराम भट्टराई प्रधानमन्त्री हुनु पर्छ भनेर प्रस्ताव ल्याएको सबैलाई थाहा छ । यहाँ प्रस्ट हुन जरुरी के छ भने घरमा परिवार हुन्छ त्यो परिवारको एकजाना मुली हुनछ । त्यो मुलीलाई छान्ने र मान्ने परिवारको निर्णयअनुसार हुन्छ । तर यहाँ एमाले कांग्रेसलेत अर्काको घरमुली को वनाउने भन्ने वारेमा आफ्नो लागि जिवन संगिनी छाने जस्तो पो माओवादी उमेद्वार छानिदिन्छन् । लुनतः सर्वसहमत हुनेभो भनेर एमाले कांग्रेसले रुचाएको वावुराम नै प्रधानमंत्री उमेद्वार वनाउने भनेर बाबुरामलाई खडागर्दा त कांग्रेस फेरी टेडिन्छ वा ! उसको पनि पो उमेद्वार रामचन्द्र पौडेल रे ! कांग्रेस टेडिएपनि त्यतिवेला एमालेको नैतिकताले माओवादीलाई भोट दिनुपर्नेथियो । किनभने पहिले माओवादीको निशर्त सहयोगले झलनाथको प्रधानमन्त्री नेतृत्वमा सरकार गठन भएको थियो । तर उपनि रामचन्द्रलाई नै मत दिन्छ ! कांग्रेसले त गद्दारी गर्यो गर्यो । एमाले पनि कांग्रेसलाई नै साथ िदंदा उनीहरुको गठबन्धन अपवित्र भएको माओवादी र मधेसवादी दल संगै जनताको ठम्याई छ । यही निष्कर्ष परिणाम माओवादी मधेशवादी दलको वडो ठूलो समिकरणले आज जनताको म्यानडेट अनुसारको स्पिरिटमा सरकार चलेको छ ।
एमाले कांग्रेसले नयाँ सरकार बनाउने वारेमा हिसाबकिताब जतिगरेपनि हातलाग्यो सुन्ना हुनेछ । उनिहरुले जे जति यो सरकार विरुद्ध तानावाना रचेपनि माओवादी र मधेसवादी दल अझ शसक्त भएर जादैछ । आज ५ महिना वित्यो कांग्रेस एमाले बेगर पनि बावुरामको सरकारले संविधान र शान्ति स्थापनाको रफ्तार अघि वढाई रहेको छ ।
राम्रो काम गरेर टिकेको देखेपछि सरकार ढाल्न कांग्रेस एमालेले सरकार विरुद्ध विभिन्न आरोप र अवरोध गरिरहेपनि यो वाधालाई सहजतापुर्वक पन्छाएकैछ । कहिले वन्द कहिले सदन अवरोध कहिले पत्रकार कुट्ने-धम्क्याउने कहिले कर्मचारी उठाएर आन्दोलन मच्चाउने । भएन बावुरामले जम्वो सरकार बनाएर खर्च वडायो भनेर हल्ला गर्ने । उनिहरुको खेति नै भएको छ । जजस्ले सरकार जम्वो बनाएर राज्यको पैसा फोगटमा खर्च गर् यो भन्छ त्यो सरकारमा नबसे पनि प्रधानमंत्रीको भन्दा महंगो सवारीमा सवार भएर त्यतिकै सरकारी भत्ता लिएकै छ । राज्यको कुनै पदमा नवसी राज्यको पैसा खाएर सरकारले गरेको राम्रो काम नदेख्ने आफैंलाई घात पर्ने कुरा बोल्ने एमाले कांग्रेसका नेता भनाउदाको घैंटोमा अब घाम लाग्नु पर्छ । उनिहरु देश र जनताप्रति उतरदयी छन्भने विगतको पाठ वुझेर बावुराम नेतृत्वकै सरकारमा आउँदा कुनै आपत्ती हुनेवाला छैन ।
काग्रेस एमाले सहितको सरकार बनाउन चाहे नयाँ मन्त्रालय खोल्नु पर्छकी बिनाविभागिय मंत्रालय वनाउनु पर्छ । या ३÷४ ओटा उप-प्रधानमंत्री मा समावेस गराएर कांग्रेस एमालेलाई सम्मान दिनुपर्छ । संविधानसभा र सरकारले ७०÷८० जानाकै मंत्रीमण्डलको विस्तार गरोस तर संविधान र शान्तिलाई पुर्णता दिने संकल्प हुनुपर्छ । यो एक युगमा आउने विसम परिस्थितिमा योपटक सबैलाई अटाएर जादा बिगि्रनेवाला केही छैन । हैन अव यो सरकार भंग गरेर सहमतिमा नयाँ सरकार बन्नु पर्छ भन्दै विमतिमा जाने । कांग्रेसले रामचन्द्रलाई प्रधानमंत्री वनाउने एमालेले केपीलाई प्रधानमन्त्री वनाउने फोरमले गच्छादारलाई प्रधानमन्त्री बनाउँने अनि माओवादीले वादललाई प्रधानमंत्री वनाउने होडवाजी सृजना भयोभने यसको नतिजा जनतावाट नेताहरुका लागि घातक हुन सक्छ ।
राई किराती राष्ट्रिय मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष हुन् । नगेन्द्र राई

0 प्रतिकृया:

Post a Comment