आयुर्बेदिक स्वास्थ्य शिबिरमा बिरामीको चाप

महारानीझोडा । झापाको महारानीझोडामा एकदिने आयुर्बेदिक निशुल्क स्वास्थ्य शिबिरमा बिरामीको चाप अत्याधिक देखिएको छ । पहिलोपटक भएको आयुर्बेदिक स्वास्थ्य शिबिरमा बिरामीहरुको चाप रहेको पाईएको हो ।
सोमबार झापा क्षेत्र नं. ६ का सभाषद दीपक कार्कीले उद्घाटन गरेको स्वास्थ्य शिबिरमा निशुल्क रुपमा औषधी समेत प्रदान गरिएको थियो । कार्कीले आयुर्बेद स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउनका लागि सबैको पहल आवश्यक भएका बताए । झापामा आयुर्बेद उपचार पद्धतीमा बिश्वास बढ्न थालेपछि र बिरामीको चाप शुरु भएपछि जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले स्वास्थ्य शिबिरको आयोजना गरेको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. सुर्यनारायण मेहताले बताए । उनका अनुसार सबै प्रकारका बिरामीहरु उपचारका लागि आएका थिए । २५ जनाभन्दा
बढी आयुर्बेदका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका थिए । बैगुन्धरा आर्युबेद स्वास्थ्यलयका प्रमुख कबिराज बेदप्रसाद शर्माका अनुसार सय प्रकारका औषधीहरु पनि निशुल्क प्रदान गरिएको छ । करिब ६ सय भन्दा बढी बिरामीहरु उपचारका लागि आएका छन् । नेपालमा पहिलोपटक आयुर्बेदको स्वास्थ्यशिबिर गर्ने जिल्ला झापा भएको जानकारी दिदै झापाबाट शुरु भएको यो अभियान अहिले देशब्यापी बन्दै गएको समेत बताईएको छ । कबिराज टेकनाथ अर्यालका अनुसार झापामा आर्युबेद स्वास्थ्य शिबिर बर्षमा दुईपटक बिकट गाबिसहरुमा हुदै आएको छ । अर्यालले स्वागत मन्तब्य राख्दै यस कार्यक्रमलाई निरन्तरता दिने बताए ।

0 प्रतिकृया:

Post a Comment