हिम चितुवाको घाँटीमा स्याटलाइट

फिदिम । विश्वको तेस्रो हिमालका रुपमा परिचित कञ्चनजंघा हिमालको फेदीमा संरक्षणकर्मीहरुले हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरेका छन् । उनीहरुले दुई साताअघि कञ्चनजंघा संरक्षण क्षेत्र अन्तरगत ताप्लेजुङको ओलाङचुङगोला गाविस वडा नम्वर ९ मा अवस्थित याङमा भन्ने स्थानमा हिमचितुवालाई पासोमा पारेर घाँटीमा स्याटलाइट जडान गरेका हुन् । विश्व वन्यजन्तुकोष, प्रकृति संरक्षण, कञ्चनजंघा क्षेत्र विकास आयोजना,दकञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद र स्थानीय हिमचितुवा संरक्षण समितिमा आवद्व पदाधिकारी र प्राविधिकको टोलीले यो काम सम्पन्न गरेको विश्व वन्यजन्तुकोषले सोमवार विज्ञप्ति निकालेर जानकारी गराएको छ । कोषले आफ्नो भाषामा यो कार्यलाई कगअअभककागििथ अयििबचभम धष्तज कबतभििष्तभ(न्एक् तभअजलययिनथ भनेको छ । यसरी हिमचितुवाको घाँटीमा स्याटलाइट जडान गरिएको यो दोस्रो पटक हो । यसअघि सन २०१३ मा कोषले ताप्लेजुङकै खाम्वाचेन क्षेत्रमा पहिलो पटक यो काम सफल पारेको थियो । यो कामका लागि कञ्चनजंघा संरक्षण क्षेत्रमा चारवटा टोली खटेका थिए । कोषका वरिष्ठ अनुसन्धान अधिकृत अनिल श्रेष्ठले भने –“टोलीले हिमचितुवाको वासस्थान पहिचान भएका क्षेत्रमा थापेका २८ मध्ये एउटा पासोमा करिव वर्ष वर्ष उमेर र ४१ किलो वजनको भाले हिमचितुवा फसेपछि त्यसको घाँटीमा स्याटलाईट जडान गरेर छाडेको हो ।” २८ जनाको टोलीले २५ दिनको मेहनत पश्चात हिमचितुवा पासोमा पारेर स्याटलाइट जडान गरेको पनि श्रेष्ठले वताए । यसरी स्याटलाइट जडान गरिएको हिमचितुवावाट अन्तरिक्षमा रहेको स्याटलाइटवाट उस्को रहनसहन, आचरण र स्वभाव अध्ययन गरिने पनि श्रेष्ठले वताए । श्रेष्ठका अनुसार यो काम धधा का अनुसन्धाताहरुले गर्नेछन । यसपट जडान गरिएको स्याटलाइटले हिमचितुवावारे १८ महिनासम्म सूचना दिने वताइएको छ । एक तथ्यांक अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा ३ सय ५० देखि ५ सय ९० को संख्यामा हिमचितुवा रहेको वताइन्छ ।

0 प्रतिकृया:

Post a Comment