गर्मीले सप्तरीमा दुईको मृत्यु

सप्तरी । विगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण सप्तरीमा सोमबार २ जनाको मृत्यु भएको छ । गर्मीले शम्भुनाथ नगरपालिका–९ बस्ने ६४ वर्षीया सम्झादेवी सरदार र सोलुखुम्बु जिल्ला नेटा बतासे गाविस–९ बस्ने ४५ वर्षीया लेखमान विकको ज्यान गएको प्रहरीले जनाएको छ । सरदारको अत्याधिक गर्मीका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने जिल्लाको मोहलीमा बसमा यात्रा गरेको अवस्थामा विकको ज्यान गएको हो । चर्को घाम लागेपछि सरदारको घरमै बेहोस भएर मृत्यु भएको छ भने विकको कटारीबाट धरान जाँदै गर्दा बसमा गर्मीले अचानक बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार व्यवसायमा समेत प्रभावित भएको छ । गर्मीले सोमबार झापा, मोरङ, सुनसरी लगायत तराई जिल्ला प्रभावित भएका छन् ।

गर्मीमा सर्पदंशका बिरामी बढ्दै

दमक । पूर्वी नेपालमा गर्मी बढेसंगै सर्पदंशका बिरामीहरु पनि बढीरहेका छन् ।  झापा,मोरङ, इलाम लगायतका  क्षेत्रमा पनि गर्मी बढेसंगै सर्पदंशका बिरामी बढेका हुन् । जेठ महिनाको २४ गते सम्म  नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश केन्द्रमा जेठ महिनाको २४ गते सम्म ८ जना  बिषालु सर्पले टोकेका बिरामीको उपचार पछि घर फर्किएका छन् ।  ती बिरामीहरुलाई तराई क्षेत्रमा पाइने अति बिषालु गोमन र करेत सर्पले टोकेको सर्पदंशका इन्चार्ज  स्वाथ्यकर्मी देवी भण्डारीले बताए ।  २४ दिन अवधिमा १ सय ३१ जना सर्पदंशका बिरामीको उपचार गरेको केन्द्रले जनाएको छ ।  २०७२ बैशाखमा ७ जना बिषालु सर्पका बिरामीले उपचार गराएर घर फर्किएको केन्द्रको अभिलेखमा उल्लेख छ । बैशाख महिनामा ९१ जना सर्पदंशका बिरामीले उपचार गरेका थिए । पूर्वी नेपालको  तराई क्षेत्रमा अति बिषालु  गोमन र करेत सर्प पाइन्छ । पहाड क्षेत्रमा अति बिषालु सर्प हरेउ र गुर्वे रहेका छन् ।  सर्पको टोकाईबाट बच्न घर वरीपरी हुने प्वालहरु बन्द गर्ने , रातको समयमा टस लाइट बालेर हिड्ने र जुत्ता चप्पल लगाएर हिड्नु पर्ने सुझाव केन्द्रको छ  । सर्पले टोकेको मान्छेलाई तलदेखि माथि सम्म नरम कपडाले बेरेर ल्याउने, सर्पले टोकेको बिरामीलाई धामी, झाँक्री लगाउने ,करेन्ट लगाउने जस्ता गलत काम नगरी चांडो नजिकैको सर्पदंश केन्द्रमा लैजान केन्द्रले आग्रह गरेको छ ।

0 प्रतिकृया:

Post a Comment