दमकबासी ओली एमाले अध्यक्ष, झापाका ४ केन्द्रिय सदस्य

दमक/नेकपा एमालेको नवौँ महाधिबेशनमा झापाबाट अध्यक्ष, महासचिव सहित ४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
झापा क्षेत्र नम्बर ७ बाट संविधान सभा सदस्य, पार्टीको  अध्यक्ष निर्वाचित केपी शर्मा ओली दमक १० का बासिन्दा हुन् । त्यस्तै महासचिवमा निर्वाचित इश्वर पोखरेलको घर चन्द्रगढी ८ झापा हो । उनका भाइ लक्ष्मी पोखरेल चन्द्रगढी गाउँ कमिटीका अध्यक्ष रहेका छन् ।  त्यस्तै मेची अञ्चल इन्चार्जमा निर्वाचित हिक्मत कार्की, केन्द्रीय सदस्यहरु अग्नी खरेल, युवराज कार्की रहेका छन् । झापा जिल्ला अध्यक्ष रबीन कोइराला बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भए । 
खरेल र कार्की महारानीझोडा २ का स्थायी बासिन्दा रहेका छन् । एमाले झापाका सचिव  चिन्तन पाठकका अनुसार  अनुशासन आयोगको सदस्यमा दमक १० का अर्जुन राई निर्वाचित भएको जानकारी दिए ।
खरेल यस अघि केन्द्रीय कमिटी सदस्य तथा युवराज कार्की यस अघि सल्लाहकार सदस्य रहेका थिए ।  हिक्मत कार्की  गौरादहबासी हुन् । उनी अन्चल कमिटीका सदस्य तथा अनेरास्ववियुका पुर्व अध्यक्ष समेत हेका थिए ।
यता खुल्ला तर्फ केन्द्रीय सदस्यमा देबेन्द्र दाहाल, मनकुमार गौतम, नरेश खरेल, रोममणी भट्टराई पराजित भएका छन् ।   दाहाल, गौतम ओली समुहबाट र खरेल र भट्टराइ माधव नेपाल समुहबाट उम्मेद्वारी  दिएका थिए ।

0 प्रतिकृया:

Post a Comment