प्रहरीलाई खुकुरी हानेर फरार

काकडभिट्टा/ मेचीनगर–१० मा सोमबार खुकुरी प्रहारबाट एक जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सीमा प्रहरी चौकी नकलबन्दमा कार्यरत प्रहरी जवान बिनोद यादव पहिचान नखुलेका व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ड्युटीमा रहेका बेला उनलाई पहिचान नखुलेको समूहले टाउकोमा खुकुरी प्रहार गरी फरार भएको हो । उनको आम्दा अस्पताल मेचीमा उपचार भइरहेको छ । त्यसैगरी सवारी साधनबाट जवरजस्ती चन्दा असुल्ने एक जनालाई प्रहरीले झापाको शान्तिनगरबाट पक्राउ गरेको छ ।
सवारी साधनहरु रोकेर जबरजस्ती चन्दा असुली रहेको अवस्थामा मेची राजमार्ग अन्तर्गत शान्तिनगर–३ बाट स्थानीय २० वर्षीय किशोर रसाईली सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट ४ सय २० रुपैयाँ समेत बरामद गरिएको छ ।

0 प्रतिकृया:

Post a Comment