फाईनलमा दमक र भानु

७ कातिक
गौरादह÷ भ्ाुापाको गौरादहमा जारी दोश्रो इनद्र लोहनी स्मृति भलिबलको उपाधीका लागी आज हुने फाईनल खेलमा आज दमक भलिबल क्लब र भानु स्र्पोटिड क्लब जुरोपानि बिच प्रतिष्पर्धा हुँदैन् ।
हिजो भएको सेमिफाइनल खेलमा महारानीझोडा खेलकुद बिकास समितिलाई हराउदै दमक भलिबल क्लब र गौरादह खेलकुद बिकास समितिलाई पछि पार्दै भानु स्पोटिड क्लब फाइनलमा पुगेको हो ।
दमकले १५-१५ २५-१८ र २६-२४को ३ सेट जितेर महारानीझोडालाई हराएको थियो । त्यस्तै महारानीझोडाले २५-२३ अंकमा चित्त बुझाएको थियो ।
यसैगरि भानु स्पोटिडले २५-२२ २५-१७ र १५-११ अंक ल्याएर ३ सेट जितेको थियो । गौरादहले भने २५-१९ २५-२० अंक ल्याएको थियो ।
हिजोको खेलका म्यान अफ द म्याच गौरादहका ऐन मगर भएका थिए ।
तेस्रो स्थानका लागी भने महारानीझोडा र गौरादह खेलकुद बिकास समिति बिच खेल हुँदैछ ।
यस अघि पत्रकार र आयोजक बिच भएको मैत्री पुर्ण खेलमा आयोजक मदनभण्डारी स्र्पोट्स एकाडेमी बिजयी बनेको थियो । आज हुने खेल समापन कार्यक्रममा एमाले सचिव शंकर पोखरेल सहभागी हुने आयोजकले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment