लागु औषध सहित पक्राउ

सुरुंगा / लागू औषध ओसार पसार गरेको आरोपमा सुरुङ्गबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुरुङ्गा-कोटीहोम सडक खण्डमा सुरक्षा चेकजाच गर्ने क्रममा दमक-१० का गोपाल निरौला र विवेक ओली पक्राउ परेका हुन् । मे।३ प।४३४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट विभिन्न प्रकारका लागूऔषधहरु वरामद गरिएको थियो । विहीबार पक्राउ परेका उनीहरुलाई विर्तामोड प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment