मंसिर १ बाट प्लाष्टिक झोाल निषेध

८ कातिक
दमक÷झापाको दमकलाई प्लाष्टिक मुक्त बनाउन दमक उद्योग वाणिज्य संघले छलफललाई तिव्रता दिएको छ ।
मंसीर १ गते देखि दमकलाई प्लाष्टिक मुक्त अभियानलाई प्रभावकारी बनाउन संघले स्थानीय सरोकारवालाहरुसँग छलफल संचालन गरेको हो । मंगलबार संघको सभाकक्षमा बजार व्यवस्थापन समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि वातावरण प्रदुषण जोगाउन नगरलाई प्लाष्टिक मुक्त बनाउन सहकार्यमा जोड दिएको छ । समितिका संयोजक प्रविण चाम्लिङ्ले प्लाष्टिकका प्रयोगले वातावरणीय क्षँेत्रमा असर पुर् याउदै गएकाले संघको अगुवाईमा दमकलाई प्लाष्टिकमुक्त शहर बनाउन लागिएको बताए । उनले भने ूअव्यवस्थित रुपले प्लाष्टिकको प्रयोग हटाउन सबैको सहयोगको खाचुे रहने छ ।ू
हाम्रो दमक राम्रो दमक भन्ने नाराका साथ संघले अभियानलाई शसक्त बनाउन विभिन्न सरोकारवाल सम्मलित एक मूल समिति समेत गठन गरेको छ ।
छलफलमा संघका पूर्व अध्यक्ष विजय बरालले प्लाष्टिकको बढ्दो प्रयोगमा रोक लगाउन खाँचो रहेको बताए । उनले नगलाई सुन्दर र स्वच्छ बनाउन संघको अभियानलाई सहयोग पुर् याउनु पर्ने बताए । कार्यक्रममा निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष गणेश बस्नेतले प्लाष्टिक मुक्त घोषणा मात्र अभियानले पूर्णता नपाउने भन्दै दण्ड जरिवाना कार्यान्वयनमा जोड दिने बताए ।
छलफल संघका प्रथम उपाध्यक्ष विक्रम कुमार शाहको अध्यक्षामा भएको सो कार्यक्रममा टोल विकास संस्था नगर समितिका सचिव नारायण घिमिरे सदस्य केदार घिमिरे प्लाष्टिक उत्पादक उद्यमी रोम बुढाथोकी समितिका उपसंयोजक सन्तोष अधिकारी पदम कोइराला मदन प्रसाद अधिकारी दिनेश अग्रवाल लुथरन विश्व फेडेरेशनका बेद थापा मगर लगायतले बोलेका थिए ।

0 प्रतिकृया:

Post a Comment