विभिन्न भाकामा खेलियो द्यौसी भैली

दमक÷ झापा महाभाराका किसानहरुले यस वर्षको तिहारमा धानको मुल्य खोज्दै द्यौसी खेलेका छन् । उनिहरुले समयमामानैं मल तथा किटनाशक औषधी नपाएको गुनासो पनि पोखे द्यौसीका भाकामा ।
वडा नम्बर-४ का किसानहरुको अगुवाईमा भएको द्यौसीमा फणिन्द अधिकारीले ुधान फल्योु-ुमुल्य छैनु भन्दा दुई दर्जन भन्दा बढि अरु किसानले द्यौसीरे भनेर साथ दिएका थिए । ुआखिरी किसानको मर्का सुन्ने को छ र द्यौसीका माध्यमबाट आफु-आफु सुनौ भनेर पनि आफ्नै समस्या भट्याएर द्यौसी खेलेका हौं - उनले भने ।
यस्तै सोहि गाविस वडा नम्बर- ५ का लिम्बू समुदायले च्याभ्रुङ्को भाकामा द्यौसी खेलेका छन् । स्थानीय शिक्षक प्रदिप योङ्याले संस्कृती संरक्षण र परम्परातगत बाजाको जगेर्नाका लागि द्यौसीमा च्याभ्रुङ् सहित द्यौसी खेलिएको बताए ।
ताजपुरीया समुदायले भने आफ्नै परम्परागत नृत्य सहित द्यौसी खेलेकेा छ । ताजपुरीया समाज कल्याण परिषदका अध्यक्ष नित्यानन्द ताजपुरीयाका अनुसार लखनपुर पाँचगाछी लगायतका ताजपुरीयाको बाहुल्यता रहेको क्षेत्रमा परम्परागत गीत र नृत्य सहित द्यौसी खेलिएको छ ।
लखनफर-४ को मोती युवा परिवारले बिभिन्न सांस्कृतीक नृत्यहरु सहित द्यौसी खेलेकेा छ । लखनपुर-८ को एभरग्रीन बोर्डिङ् स्कुलको जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले भने द्यौसीरे नभनिकनै द्यौसी खेलेका छन् । उनिहरुले द्यौसीरेकेा सट्टा राजनीतिक दलहरुलाई दवाव दिँदै ुशान्ति देऊ तथा ुसंविधान देऊ भनेर द्यौसी खेलेको हो । सो टोलीले झाडापखाला लाग्दा नुनचिनी पानी खुवाउने सल्लाह पनि द्यौसीकै माध्यमबाट दिएको थियेा । दमकका बिभिन्न साचार माध्यम तथा गौरादह र लखनपुरका बिभिन्न स्थानमा यस प्रकारको द्यौसी खेलिएको शिक्षक दिपक सुवेदीे बताए ।
दमकको एभरेष्ट मल्टिटेक्निक ईन्ष्टिच्युटले समेत असाहाय तथा गरीव विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहयोग पुर् याउने उद्देश्यये द्यौसी खेलेकेा छ । द्यौसीबाट संकलित रकम गरिब तथा असहाय विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्नमा खर्च गरिने ईन्ष्टिच्युटका प्रवन्ध निर्देशक बिज्ञान भट्टराईले बताए ।
लखनपुरको सगुन युवा क्लबले समेत बिभिन्न सांस्कृती नृत्य तथा भाका सहित द्यौसी खेलेको छ । क्लबले गरेको द्यौसी कार्यक्रमको शानिवार मंगलबारे बजारमा समापन गरेको छ । क्लबका कार्यबाहक अध्यक्ष राजु राईको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य प्रतियोगी समेत सम्पन्न गरियो । प्रतियोगीतामा सबु ताजपूरिया प्रथम सुम्निमा श्रेष्ठ र मेलिना लिम्बु द्वितिय र किरण खरेल तृतिय भए । उनीहरुलाई क्रमश २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो । सामाजिक अगुवा दिलिप राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष हुकुमिसंह राई क्लबकै गणेश आङदेम्बेलगायतले बोलेका थिए । सगुन साँझ नाम दिइएको सो कार्यक्रमको साचालन कोषाध्यक्ष विरेन्द्र तिवारीले गरेका थिए । माच सम्बद्ध संघिय लिम्बूवान राज्य परिषदले समेत बिभिन्न जिल्लामा सांस्कृतीक रुपमा द्यौसी-भैली खेलेकेा संघिय लिम्बूवान पत्रकार परिषदका अध्यक्ष दिलकुमार लावतीले बताए ।
यसैबिच नेत्रहिन बिद्यार्थीहरुको छात्रबृत्रीको अक्षयकोष स्थापना गर्नको लागि सामुहिक द्यौसी भैलो कार्यक्रम गरिएको छ । नेपाल अपाङ मानब अधिकारबाद संघ दमक र नेपाल आदिबासी जनजाति नेत्रहिन संघ झापाको संयुक्त आयोजनामा झापा र मोरङमा सामुहिक देउसी भौलो कार्यक्रम गरिएको हो । अपा¨ तथा नेत्रहिन विद्यार्थीहरुको शैक्षिक सहायता संकलनको उद्देश्यले देउसी खेलिएको थियेा ।
यसै गरि समयमै देशमा राम्रो संबिधान बनाउन खबरदारीसहित मोरङको उर्लाबारीका साहित्यकारहरुले सामुहिक द्यौसी भौलो कार्यक्रम गरेका छन् । दलहरु संबिधान निर्माणमा केन्द्रित नभईरहेको अबस्थामा साहित्यकारहरुले द्यौसी भौलो मार्फत दबाब दिएका हुन् ।
साहित्यकारहरुको अगुवाईमा भएको सो द्यौसी भौलो कार्यक्रममा साहित्यकार मिश्र बैजन्ति युवराज पौडेल कृष्णउदासी रमेश भट्टराई लगायत सहभागी थिए । उनिहरुले देउसी मार्फत दलहरुको बुद्धी सपि्रयोस देशमा राम्रो संबिधान बनोस् लगायत कामना गरिेका थिए । सो टोलीे २ दर्जन भन्दा बढीले बिभिन्न बाजागाजासहित द्यौसी भौलो खेलेको उर्लाबारी गजल माचका अध्यक्ष कृष्णउदासीले बताए । कार्यक्रममा बरिष्ठ निबन्धकार युवराज नयाँघरे बरिष्ठ गितकार युवराज पौडेल कबि यज्ञ परिश्रमी धनजीत पराजुली बलराम कार्की प्रेम भट्टराई निर्मल बिकल राई लगायतको समेत सहभागिता रहेको थियो ।

 

0 प्रतिकृया:

Post a Comment