छैठ पर्व मनाइयो

दमक/ मिथिलााचलको मूख्य पर्व छैठ आज चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ ।
सत्य अिहंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेÈता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकँुडा वस्तुजातको बन्दोवस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । 

पहिलो दिन चतुर्थीका दिनलाई ुअरवा-अरबाइनु वा नहान खान भत्रे गरिएको छ । ब्रतालुले भोजनमा माछामासु लसुन प्याज कोदो मसुर वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्छन् ।
पाचमी तिथि दोश्रो दिनलाई खरना पापको Ôय भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको ´ाेलले भूमि सुशोभित गरेर ब्रतालुले यो दिन दिनभरि निर्जला ब्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस खीर गरी सोही प्रदान ग्रहण्ँ गर्छन् । यस दिनपछि ब्रतालुले पूण्र्ँ ब्रत लिनुपर्दछ ।
Èष्ठीका दिन तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान-पिसान गरी सोबाट निस्केको पिठोबाट विभित्र गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अत्रबाहेक फलफूल ठकुआ भुरुवा खजुरी पेरुकिया तथा मुला जागर बेसारको गाँठो ज्यामिर नरिवल सुन्तला केरा नाङगलो कोनिया सरबा ढाकन माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूण्र्ँ सदस्य विभित्र भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्दछन् ।

0 प्रतिकृया:

Post a Comment