दमकमा प्लाष्टिक झोला प्रयोग जारी

– चिरञ्जिबी घिमिरे
दमक । दमक नगरपालिकालाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरेको ३ महिना बितिसक्दा समेत नगरपालिकामा प्लाष्टिकका झोला प्रयोग भइरहेको पाइएको छ । गत फागुुन १ गतेबाट नै नगरलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेपनि नगरपालिकाबाट उचित अनुुगमन हुुन नसक्दा केही ठाउँमा यसको प्रयोग गरिरहेको पाइएको हो । सरकारी कार्यालय नजिक भएको स्थान र मुुख्य बजारमा यसको प्रयोग नभए पनि अन्य भित्री बजारमा भने यसको प्रयोग गरेको पाइएको हो ।
दमक उद्योग वाणिज्य संघले यस अघि पनि नगरलाई प्लाष्टिकमुुक्त क्षेत्र घोषणा गरिसकेको थियो । तर त्यो पनि असफल भएको र हालको घोषणामा पनि चुनौती रहेको दमक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गोपाल गुरागाईले बताए । ‘वाणिज्य संघले थालेको काममा नगरपालिकाले खास ध्यान दिएर अनुुगमनको कामलाई चुस्त बनाई प्लाष्टिकको प्रयोग निस्तेज पार्नुपर्छ ।’ – उनले भने । अनुुगमनका लागि नगरपालिकामा पर्याप्त नगरप्रहरी नभएको उनले बताए । वाणिज्य संघले गरेको यस्तो कार्यलाइ नगरपालिकाले सहयोग गर्नुु पर्नेमा जोड दिए । दमकका होटल व्यवसायी माधव ढकालका अनुुसार दमक नगरमा प्लाष्टिक छिटपुुट रुपमा पाइने गरेकोले यसको तत्काल अनुुगमन गरी प्रयोग गर्नेलाई कार्वाही गर्नुु पर्नेमा जोड दिए । त्यस्तो झोला बिशेषगरी मासु पसल, किराना पसल र सब्जी पसलमा पाइने गरेको उनले बताए । यो माटोमा पनि नकुुहिने भएकाले यसले वतावरण प्रदुुषण गरेको वैज्ञानिक तथ्य जोडेर उनले उल्लेख गरे – ‘प्लाष्टिकको झोलाले हामी सबैलाइ हानी गर्ने भन्ने थाहापाइ पाइ प्रयोग गर्नेलाई कडा कारवाही गर्नुु पर्छ’।– स्थानीय व्यापारी भरत श्रेष्ठले केही कडाशैलीमा भने– ‘यस्तो हो भने कि हामीले पनि प्रयोग गर्न पाउनुु पर्छ, कि त सबैलाई यसको प्रयोग गर्नबाट बन्द गरिनुु पर्र्छ’ । नगरपालिकाले प्याकिङ गरेका समान बाहेक अन्यमा प्लाष्टिको प्रयोग गर्न नपाइने भने पनि अहिले फलफुुल लगायत अन्य खुला सामग्रीमा पनि प्याकिङ गर्ने प्रवृत्ति बढेको छ । दमकको नयाँ सब्जी बजारमा फलपुुल पसल गर्दै आएका निशान दाहालले भने आफुुलाई थाहा नभएर फलफूल प्याकिङ गरेर बेचेको बताए । नगरपालिकाले आफ्नो नजिकको क्षेत्र वाहेक दमकको सम्पुुर्ण क्षेत्रमा अनुुगमन गर्न जरुरी रहेको उनले बताए । उता नगरपालिकाले भने अनुुगमन गरिराखेको
बताएको छ । नगरप्रहरीको कमी भन्ने आरोपको खन्डन गर्दै आफुुसंग पर्याप्त नगरप्रहरी रहेको नगरपालिकाका वातावरण प्रमुुख द्रोण थापाले बताए । ‘प्लाष्टिकका झोला प्रयोग गर्नेलाइ ५ सय रुपैयाँ जरिमाना गरेका छौं, अझै अनुुगमन गर्छौं । लुुकिछिपी यस्तो गरेको पाइए कडा कारवाही गर्छौ’।– उनले भने । बजारमा खुला सामग्रीमा पनि प्याकिङ गर्ने प्रवृत्ति बढेकाले यसको अनुुगमन गरी तत्काल यस्तो गर्नेलाई कारवाही गर्ने थापाले बताए ।

0 प्रतिकृया:

Post a Comment