बजेट अभावमा निर्माणाधिन बसपार्क अलपत्र

– विमल लामिछाने
दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा झापाको दमकमा बन्दै गरेको अत्याधुनिक टर्मिनल भवन सहितको  अपाङ्गमैत्री वसपार्क निर्माण कार्य अलपत्र बनेको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको दमक नगरपालिका ११ स्थित वसपार्क देशमा नै पहिलो अपाङ्गमैत्री निर्माण गरिएको हो । वसपार्कभित्र प्रवेश गर्ने पश्चिमी द्धारमा अत्याधुनिक टर्मिनल भवन निर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनभित्र ४६ जना यात्रुलाई एकैपटक आराम गर्न सक्ने व्यवस्थित प्रतिक्षालय निर्माण गरिएको भएपनि अन्तिम चरणमा पुगेर त्यसको निर्माण कार्य अलपत्र बनेको हो ।
आरामदायी सिट सहितको अपाङ्गमैत्री हल निर्माणको योजना छ । भवनमा यात्रुका लगेज (सामान) सुरक्षित हिसावले भण्डार गर्न सकिने छ । टिकट काउण्टर, शौचालय, वाथरुमदेखि वसमा चढ्न समेत अपाङ्गमैत्री स्थल बनाइएको वसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीर्थराज वस्नेत (शंकर ) ले जनाए । उनले अहिलेसम्ममा नेपालकै पहिलो अपाङ्गमैत्री वसपार्क बन्दै गरेको दावी गरे । वसपार्क निर्माणका लागि हालसम्म कुल ८ करोड ५० रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले ४० लाख रकम आएको गत सालको ठेक्का लगाइसकेको भवनतर्फ खर्च भएको छ । यो रकम प्रत्येक वर्ष १२ प्रतिशतले बड्ने नियम छ । एकैपटक २५ वटा वस अटाउन सक्ने यस वसपार्क निर्माणकार्य सम्पन्न गरिसक्न अव लगभग ४ करोड रुपैयाँ लाग्ने बस्नेतको अनुमान छ ।
 कुल २ विगाहा १ कट्ठा क्षेत्रफलमा निर्माण भएको वसपार्क वरिपरी व्लक निर्माण गरिसकिएको छ । वस्नेतले बजेट निरन्तर आएमा आगामी दुई वर्षभित्रमा सम्पूर्ण काम सम्पन्न हुने बस्नेतले जनाए । टर्मिनल भवनको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ भने वस
स्टेण्ड भित्र कालोपत्रे गर्ने काम वाँकी रहेको छ । पहिलो चरणमा पाइप, सवबेस, दोस्रोमा पुराइ, सफाइ र तेस्रोमा कालोपत्र गरिने हुनाले अब कालोपत्रेको मात्र बाँकी रहेको उल्लेख छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालले भूकम्पको असरका कारण अन्यत्रको बजेट कटौती गरेर राहतमा खर्च गर्नु पर्ने परिस्थिती भएकाले तल्लो निकायसम्म नै बजेट विनियोजनमा कमि आएको उल्लेख गरे । ‘त्यसको असर चाँही हामीलाई यहाँ समेत परेको हो ।’राजमार्गसगै जोडिएको यो वसपार्क नेपालकै नमूना वसपार्क रहेको निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीले जानकारी दिए । खर्च भएको कुल वजेटमध्ये १ करोड ६ लाख रुपैयाँमा टर्मिनल भवन निर्माण गरिएको उनले बताए ।

0 प्रतिकृया:

Post a Comment