बालकको अपहरणपछि हत्या

सुनसरी । सिरहामा अज्ञात समूहको अपहरणमा परेका एक स्कूले बालकको हत्या भएको छ । ११ दिन पहिले अपहरणमा परेका सुखिपुर गाविस ६ दहिपौडीका ११ बर्षीय बालक श्रवण भण्डारीको हत्या भएको हो । हत्या गरेर माटोमा गाडेको अवस्थामा मोहनपुर कमलपुर ३ मा बालक भण्डारीको शव विहीबार फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले पुष्टि गरे । स्थानीय महिलाहरु शौच गर्न गएको बेला सिनो गन्हाएपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि त्यहाँ पुगेको गोलबजार प्रहरीले गन्हाएको ठाउँमा उत्खनन गर्दा एउटा खुट्टा काटिएको र घाँटीमा डोरी बाँधेको अवस्थामा बालक भण्डारीको शव फेला परको प्रहरीले जनाएको छ । अपहरणकारीले ९८१७७६६९५५ नम्बरबाट फोन गरेर अपहरित बालककी आमासँग २० लाख रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती तिरेर बालक लग्न भनेको ठाउँमा पिडित परिवार पुगेपछि प्रहरीलाई लिएर आएको भन्दै अपहरणकारीले फोन गरी फर्काएका थिए । त्यसपछि अपहरणकारी फिरौती मागेको नम्बर स्वीच अफ गरेका थिए । अपहरणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि दर्जनौं व्यक्तिलाई पक्राउ गरेको छ । कतिपयलाई अनुसन्धानपछि छाडेको छ भने कतिपयलाई अझै प्रहरीले नियन्त्रणमा राखेको अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ । अपहरित बालकको हत्या भएपछि दहिपौडी टोल शोकमा डुबेको छ । पीडित परिवारको घरमा चुलो समेत बलेको छैन् । अपहरणपछि बालकको हत्या भएपछि गाउँले त्रसित बनेका छन् । अपहरण भएदेखि नै गाउँलेहरु रातभर जाग्राम बस्दै आएका छन् ।

0 प्रतिकृया:

Post a Comment