७ सय ४१ सम्पदामा क्षति

काठमाडौ । वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पनले विभिन्न जिल्लाका ७ सय ४१ सम्पदामा क्षति पुगेको छ । त्यसमध्ये १ सय ३३ सम्पदा पूर्ण रूपमा क्षति भएको छ । बाँकी ६ सय ८ सम्पदा भने आंशिक र सामान्य रूपमा क्षति भएको पुरातत्व विभागले जनाएको छ । क्षति अझै कम वा बढी पनि हुन सक्छन् : विभागका प्रमुख पुरातत्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले भने: यो हालसम्म प्राप्त तथ्यांकको आधारमा थाहा हुन आएको हो । विभागका अनुसार २० जिल्लाको सम्पदामा क्षति पुगेको हो । भूकम्पले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित १४ जिल्लाका सम्पदा बढी प्रभावित पारेको छ । भूकम्प बढी प्रभावित क्षेत्र वरपरका जिल्लामा रहेका सम्पदा समेत क्षति भएका छन् । विभागका अनुसार नुवाकोट, दोलखा, रसुवा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, बारा, जनकपुर, घादिङ, तनहुँ, लमजुङ, कास्की र मुस्ताङका सम्पदामा क्षति पुगेका छन् । बाँकी केहि जिल्लामा फाट्टफुट्ट प्रभाव परेको रिर्पोट आएको छ : कुँवरले भने । विश्वसम्पदा सूचीमा परेकोको काठमाडौं, भक्तपुर, ललितपुरका सम्पदामा बढी क्षति भएका छन् । उपत्यका बाहिर गोरखा, नुवाकोट, रसुवा, दोलखा, धादिङ आदि जिल्लामा बढी क्षति भएका छन् । काभ्रेको पनौती र काठमाडौंको कीर्तिपुर क्षेत्रमा रहेका सम्पदामा भने क्षति भएका छैनन् । त्यहाँ सामान्य क्षति भएको मात्र पायौं ः कुँवरले भने । विभाग र युनेस्को मिलेर सम्पदा नव निर्माण तथा पुननिर्माणका लागि काम गरिहेको छ । ‘हामीले विदेशबाट आएका टोली र युनेस्कोसँग समन्वय गरेर काम गरिरहेका छौं,’ कुँवरले भने ।

0 प्रतिकृया:

Post a Comment