गर्मीका कारण जनजीवन अस्तब्यस्त

दमक । केही दिनदेखि बढेको गर्मीका कारण झापा सहित तराईका जिल्लाको जनजीवन अस्तब्यस्त हुन थालेको छ । बिहान सवेरैदेखि हपहपी गर्मी सुरु भएपनि मानिसहरुको चहलपहल समेत घटेको विर्तामोडका एक ब्यवसायीले बताएका छन् । दिनभर ग्राहक नै नआउने भन्दै बिहान र बेलुकी पखमात्र चहलपहल हुने गरेको उनले बताए । गर्मीका कारण बालबालिका, बृद्धबृद्धाका साथै मजदुर बढी मारमा परेका छन् । चर्को गर्मीका कारण मानिसहरु दिनभर शितल ठाँउमा भेला भएर बस्ने गरेका छन् ।
जेठ पहिलो हप्तादेखि अत्याधिक गर्मी बढेका कारण पश्चिम तराईका जिल्लाहरु बढी प्रभावित भएपनि केही दिनदेखि पूर्वमा पनि त्यस्तै पिरलो थपिएको छ । गर्मीले तापक्रम बढेसँगै मानिसमा टाउको दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, झाडा पखला लगायतका समस्या पनि देखा पर्न थालेका छन् । गर्मी बढेसंगै झापाका प्रमुख ब्यपारीक शहरहरु विर्तामोड, दमक, काकडभिट्टा, दमक लगायत शहर,बजारमा मानिसहरुको चहलपहल घटेको छ । घाम त्यति धेरै चर्को नलागेपनि हपहपी हुने गर्मीले गर्दा धेरैको अनुहारमा खलखली पसिना देखिन्थ्यो । यसले पनि के पुष्टि गर्छ भने झापामा पनि गर्मी निकै बढेको छ । यसैबीच देशभर गर्मी बढ्दै गएकाले खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । गर्मीमा धेरै पसिना आउने र पसिनाको माध्यमबाटै नुनिलो पदार्थ बाहिर निस्कने भएकाले शरिरमा पानीको मात्रा कम हुन्छ । गर्मीका कारण झापाका अस्पतालमा बिरामीको सड्ख्या बढेको छ । गर्मीकै कारणले हुने विभिन्न रोगका कारण अस्पतालमा आउने बिरामीहरुको चाप अत्याधिक बढेको चिकित्सकहरुले बताएका छन् ।

तराईमा गर्मी अझै बढ्ने

काठमाडौं उपत्कासहित पश्चिम तराईमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व बाहेकका ठाउँमा गर्मी बढ्ने अनुमान गरिएको हो । मौसमविद् बरुण पौडेलले अहिले तत्काल पानी पार्ने कुनै वायु सक्रिय नभएकाले अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको बताए । मध्य तथा सूदुरपश्चिममा मंगलबारदेखि सामान्य बदली हुने सम्भावना रहेको उनको भनाई छ । उनका अनुसार काठमाडौं उपत्यका सहित मध्य क्षेत्रमा भने बेलुकापख सामान्य बदली भै फाटफुट पानी परे पनि दिउँसो अझै केही दिन चर्को घाम लाग्ने सम्भावना छ । काठमाडौंको ताप शनिबार तीनवर्ष यताकै उच्च ३५ डिग्री सेल्सियस पुगेको थियो । आइतबार पनि त्यसकै हाराहारीमा रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment