भुटानी प्रधानमन्त्री तोब्गेको सहयोग मागको बिरोध

छिरिङ तोब्गे
दमक । भुटानी प्रधनमन्त्री छिरिङ तोब्गेले देशमा प्रजातन्त्र रहेको दाबी गर्दै कुल राष्ट्रिय खुसीको लविङ गरेर सहयोग माग्दै यूरोपियन यूनियनका देशको भ्रमणमा रहेकोमा पूर्वी नेपालमा  वसेका भुटानी शरणार्थीहरुले आपत्ति जनाएका छन् । 
भुटान स्वतन्त्र जनमञ्चका अध्यक्ष टोम अधिकारीले शनिवार  झापाको दमकबाट एक बिज्ञप्ती जारी गर्दै कुनै बेला अमेरिका गएर मलाई प्रजातन्त्र चाहिएको थिएन भन्ने तोग्गेले राष्ट्रिय खुसीका लागी याचना गर्नु लज्जास्पद भएको दाबी गरिएको छ ।  बिज्ञप्तिमा यूरोपियन यूनियनले धेरै पटक शरणार्थीलाई स्वदेश फर्काउन दबाब दिइरहेको स्मरण गरांउदै यो प्रक्रियाको पूर्ण रुपमा वेवास्त गरेको भुटान फेरी नयां बनावटी मुद्धा लिएर यूरोपियन यूनियनको कार्यालयमा गएकोमा शरणार्थीहरुको आपति रहेको जनाइएको छ । भुटानले सबभन्दा पहिला शरणार्थी फिर्ता लगेर देश भित्र प्रजातान्त्रिक परिपाटी बसाएपछि मात्र अन्तराष्ट्रिय तहमा लबिङ गर्नु उचित हुने सम्झाइएको छ । भुटान स्वतन्त्र जनमञ्च पुनर्बासमा समेत गइसकेका शरणार्थीलाई स्वदेश फर्काउने अभियान अन्तरगत चार महिना अघि दमकमा गठन भएको संस्था हो ।

0 प्रतिकृया:

Post a Comment