दमकमा घर बनिने क्रम घट्यो

पिपुल्स टाइम्स समाचार
दमक/झापाको दमक नगरपालिकामा घर बनिने क्रम घटेको छ । अघिल्लो बर्षको तुलनामा गएको बर्ष दमक नगरमा घर बनिने क्रम केहि घटेको हो । दमक नगरपालिका घर नक्सा पास उपशाखाका अनुसार आर्थिक बर्ष २०७०÷७१ सालको अवधिमा ७७ ओटा घर नक्सा पासमा कमी आएको छ । सो वर्ष नक्सा पास भएका पक्की घर संख्या ४ सय २९ ओटा, पक्की टिनको छानो १४ गरि जम्मा ४ सय ४३ ओटा घर नक्सा पास भएका छन् । अघिल्लो वर्षमा  घर नक्सा पास भएका पक्की घर संख्या ५ सय २०, पक्की टिनको छानो भएका २६ गरि ४ सय ९४ ओटा नक्सा पास भएका थिए ।
उपशाखाका प्रमुख मोहन ओलीका अनुसार आर्थिक बर्ष २०७०÷७१ मा निर्माण इजाजत भएका पक्की घर संख्या ५ सय १३, टिनको छानो ३ गरि जम्मा इजाजत लिनेको संख्या ५ सय १६ पुगेको छ । यो इजाजत संख्या गएको बर्षको भन्दा बढी हो । आर्थिक बर्ष २०६९÷७० मा घर बनाउन
इजाजत लिनेको संख्या ४ सय ७५ रहेको थियो । यस्तै गएको बर्षमा जम्मा नक्सा दर्ता भएको संख्या भने बृद्धि भएको छ । सो वर्ष ५ सय ७३ ओटा घर बनाउन, थप्न इजाजत लिएका उपशाखाका प्रमुख ओलीले जानकारी दिए । आव २०६९÷७० मा भने जम्मा घर इजाजत लिनेको संख्या ५ सय २२ थियो ।

                          दमक–१० मा घर बनिने उच्च
दमक–१० वडा नम्बर सवैभन्दा बढी घर बनिने क्षेत्र हो । गएको बर्षमा समेत ती वडामा सवैभन्दा बढी घर बनिने अवस्था बनेको हो । त्यस्तै दमक–१७ र १९ वडा गरि दुई वडामा दुई बर्ष देखि नयाँ पक्की घर बनिएका छैनन् ।
नगरपालिकाको घरनक्सा पास उपशाखाका अनु्सार गएको आर्थिक बर्ष २०७०÷७१ अवधिमा दमक–१० मा एक सय ३९ ओटा नयाँ घर थपिएका छन् । अघिल्लो वर्षमा समेत दमक–१० मै एक सय १० ओटा घर बनिएका थिए । दमक–१० सहित दमक–११, १२, १३, १४, १५ र १६ वडाहरु शहरीकरणको सूचिमा मानिन्छन् । ती वडाहरुमा बर्षेनी घर थपिने क्रम रहेको उपशाखा प्रमुख ओलीले जानकारी दिए । दमकमा पहाड तथा ग्रामीण क्षेत्रहरुबाट बसाईसराई गरि आउने क्रम बढेको ओली बताउँछन् । ओली भन्छन्–‘दमक उपयुक्त भौगोलिक तथा मिश्रीत समुदायको बसोवास भएकाले यो ठाउँमा बर्षेनी घर धमाधम थपिँदै छन् ।’
दमक–१० सँगै वडा नम्बर १ मा ५२, ११ वडामा ३८ ओटा, वडा नम्बर १२ मा ३२, वडा नम्बर १३ मा ४५, वडा नम्बर १४ मा ३२, वडा नम्बर १५ मा ३०, वडा नम्बर १५ मा १०, वडा नम्बर २ मा १८, वडा नम्बर ३ मा ७, वडा नम्बर ४, ५, ७ मा दुई÷दुई, वडा नम्बर ८ मा ४ र वडा नम्बर ९ मा २५ र वडा नम्बर १८ मा एक ओटा घर थपिएका छन् ।

                      दमकमा करको दर बढ्यो
दमक ÷ दमक नगरपालिकाले यसै आर्थिक वर्षवाट नक्सापास वापत लिँदैआएको दस्तुरमा बृद्धि गरेकोे छ । नगरपालिकाले आर्थिक वर्ष ७१÷७२ वाट लागु हुने गरी घरनिर्माणका लागी नक्शा पास इजाजत दस्तुरमा बृद्धि गरेको हो ।
नगरपालिकाले नक्शा पास इजाजत दस्तुरका लागी शहरी क्षेत्र र ग्रामीणक्षेत्र गरी दुई श्रेणीमा विभाजन गरेको थियो ।
जस अन्र्तगत शहरी क्षेत्रकालागी पक्की घरका लागी लिइँदै आएको सिफारिस दस्तुरको प्रति स्क्वाएर फुटमा ५ रुपैयाँमा २ रुपैयाँ बढाएर ७ रुपैयाँ बनाएको छ ।
त्यसैगरी ग्रामीण क्षेत्रका लागी ३ रुपैयाँ मा १ रुपैयाँ बढाएर ४ रुपैयाँ प्रति स्क्वाएर फुट बनाईएकोे दमक नगरपालिका घर नक्शा उपशाखाका प्रमुख मोहन प्रसाद ओलीले जानकारी दिए ।
नगरपालिकाले नगर क्षेत्र भित्र निर्माण हुने अन्य प्रकृतिका घर तथा वालकम्पाउण्ड हरुको सिफारिस दस्तुरमा समेत बृद्धि गरेको छ ।

0 प्रतिकृया:

Post a Comment