विवाद मिलाई न्याय दिन आग्रह

दमक/ झापा दमक–१७ स्थित सापमाराका स्थानीय ८ घरका बासिन्दाहरुले जग्गा बिवादका कारण आफुहरु समस्यामा परेको बताएका छन् ।
२०२७ सालमा दलबहादुर थापा मगर र लोकथान भट्टराई बिच किनबेच भएको जग्गा पछी मुद्दा लगाई अप्ठ्यारोमा पारिएको उनीहरुले बताएका छन् । सोमवार  झापाको दमकमा पत्रकार सम्मेलन गर्दै भट्टराईले ८ जनालाई जग्गा बेचेको तर जग्गाको कारोबार समेत भइरहेको उनीहरुले बताए ।
अंशियार बिच झगडा भई मिलापत्र समेत भइसकेको र मगरले सो जग्गा बिक्री गरेका थिए । तर अर्को पक्षले अदालतमा मुद्दा दिएको र जग्गा समेत रोक्का नभएको स्थितीमा एक पक्षीय रुपमा मुद्दा फैसला भएको उनीहरुको जिकिर थियो । दुइ पक्ष बिच मिलापत्र भएपछी जिल्ला भुमि प्रशासन कार्यालयमा सो  पत्र बुझाउनुपर्ने भएपनि तीर्थ थापा र भट्टराईले सो पत्र नबुझाएका कारण समस्यामा परेको जग्गा धनी देवी प्रसाद अधिकारीले बताए ।
उनीहरुले अदालतको मुद्दा फिर्ता लिने कागज समेत रहेको मुद्दा पुनरावलोकनका लागी अदालत समेत जाने तयारी भएको जानकारी दिए । जग्गा बिवाद बढी रहदाँ दुई पक्ष बीच गत असार १९ गते दमक १७ सापमारामा झडप समेत भएको थियो । जग्गा विवादका कारण समस्या बढेको र न्याय दिलाइदिन स्थानिय जग्गा धनी तिलकबहादुर थापाले  आग्रह गरे । टोलवासीहरुको जीउज्यानको सुरक्षा र शान्ति कायम  गरी दिन  जग्गा धनीहरुको आग्रह छ ।  दमक–७ का रमेश गिरी र तिर्थ पाण्डेले  सापमारा टोलको ५ बिगाहा १४ कठ्ठा जग्गा आफुहरुको नम्वरी जग्गा भएको भन्दै हट्न माग गर्दै धाक धम्की दिने गरेको पिडित जग्गाधनीहरुको आरोप छ ।

0 प्रतिकृया:

Post a Comment