द एभरेष्टको कारोबार शुरु

दमक, वैशाख ९÷दमकमा द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट कारोवार शुरु गरेको छ ।
संस्थाको राष्ट्रिय सहकारी संघका सञ्चालक गणेश बस्नेतले उद्घाटन गरेका हुन् । उनले सहकारी मार्फत दिगो आर्थिक विकास सम्भव हुने बताउँदै सबै  संस्थाहरु सहकारीका मूल्य र मान्यता अनुसार सञ्चालन हुन आवश्यक रहेको बताए ।
दमक–११ स्थित थानारोडमा कार्यालय रहेको संस्थाको अध्यक्ष रुद्रप्रसाद तिम्सिना, उपाध्यक्ष दीपक खरेल, सचिव धर्मानन्दा भट्टराई, कोषाध्यक्ष प्रभा न्यौपाने र सदस्यहरु रोशनकुमार गौतम, हेमकुमार बाँस्तोला र यामजी श्रेष्ठ रहेका छन् । उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष गणेशबहादुर बस्नेत, दमक बहुमुखी क्याम्पसका अध्यक्ष सुरेश सुब्बा, नेपाली कांगं्रेसका नगर सभापति ढुण्डी भण्डारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाई, होटल व्यवसायी संघ कन्काई क्षेत्रीय समितिका अध्यक्ष गंगा सिटौला, ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन भट्टराई लगायतको उपस्थिति थियो ।

0 प्रतिकृया:

Post a Comment