आर्थिक समृद्धिका लागि उर्जा संकट हटाईनुपर्ने

भद्रपुर, चैत्र ३/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले आर्थिक समृद्धिका लागि सरकारले उर्जा संकट न्युनिकरणमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
औद्योगीक समृद्धि नभएसम्म आर्थिक क्रान्ति सफल नहुनेमा जोड दिँदै उनले उर्जा संकट अहिलेका लागि मुख्य चुनौती रहेको बताए । बिहीबारबाट भद्रपुरमा शुरु भएको झापा उद्योग संघको २३ औं साधारण सभामा उनले उर्जा संकट अन्त्यका लागि सहयोग गर्न निजी क्षेत्र समेत तयार रहेको बताए । अस्थिर राजनीतिका कारण नेपाली उद्योग वाणिज्य क्षेत्रले गति लिन नसकेको बैद्यले उल्लेख गरे ।
यस्तै वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले आर्थिक तथा व्यवसायीक समृद्धिका लागि गम्भिर बन्न दलहरुलाई आग्रह गरे । यस्तै महासंघका पूर्व–अध्यक्ष चण्डिराज ढकालले उद्योगहरु धरासायी बनि रहँदा समेत सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । साधारण सभाले आज (शुक्रबार) नयाँ नेतृत्व सार्वजानिक गर्ने बताईएको छ ।

0 प्रतिकृया:

Post a Comment