ठक्करबाट वितरक घाइते

उर्लाबारी, चैत्र ३/मोरङको राजघाट–५ जोरबाटोमा बिहीबार बिहान नागरिक दैनिक र स्थानीय निगरानी दैनिकको सवारीसाधान एक–आपसमा ठोक्किँदा एक युवा गम्भिर घाइते भएका छन् ।
उर्लाबारीबाट बिराटनगरतर्फ जाँदै गरेको को १ च ५२४६ नम्बरको नागरिक दैनिकको पिकअप भ्यान र इटहराबाट उर्लाबारीतर्फ फर्कदै गरेको को ९ प ६४१४  नम्बरको निगरानी दैनिकको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा निगरानी दैनिकका बितरक उर्लाबारी–२ का चक्रबहादुुर वाइवा घाइते भएका छन् । उनको खुट्टामा गहिरो चोट लागेको छ । घाइते वाइवाको उर्लाबारी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापामा पत्रिका पु¥याएर बिराटनगर फर्कदै गरेको नागरिक दैनिकको पिकअप भ्यान र इटहरामा पत्रिका पु¥याएर उर्लाबारी फर्कदैं गरेका मोटरसाइकल दुर्घटनामा परेका हुन् । पिकअप भ्यानको अगाडिको सिसा चर्किएको छ । मोटरसाइकल क्षतिग्रत भएको छ । दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ ।

0 प्रतिकृया:

Post a Comment